७ पुष २०८२, सोमबार
,
Latest
‘समयमै निर्वाचन हुनेमा नागरिक अगुवाहरुको आशंका’ ठूला आयोजनाले अझै गति लिन सकेनन् देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने विदेशमा रहेका नेपाली नागरिक र अन्तरजिल्ला मतदानको व्यवस्था गर्न चार वटा ऐन संशोधन हुँदै अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी मनाइयो ७०औँ बार स्थापना दिवस हायु हत्या प्रकरणः दुई जनाको हत्या भएको पुष्टि, दुई जना पक्राउ प्रतिनिधिसभा निर्वाचनबारे निर्वाचन आयोगसहित दल र नागरिक प्रतिनिधिसँग छलफलमा सरकार म्याग्दीमा ‘कालाहारी बोयर’ जातको बाख्रा भित्रियो नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकन पेस्तोलसहित तीन पक्राउ



अ+ अ-

काठमाडौं । अमेरिकन पेस्तोलसहित तीन जनालाई पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुरको चोभारबाट पक्राउ गरेको हो ।
अमेरिकन पेस्तोल र सोको पाँच राउन्ड गोलीसहित काठमाडौं १४ का देवेन्द्र भण्डारी र मनोज बस्नेत र कीर्तिपुरका सुमन खड्कालाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बा१७च ८३६४ नम्बरको महिन्द्रा कम्पनीको गाडीबाट पेस्तोल र गोलीसहित पक्राउ गरिएको बताए।

पेस्तोल देखाएर लुटपाट मच्चाएको आशंकामा प्रहरी टोलीले तिनै जनालाई पक्राउ गरेको हो। पक्राउ परेकामाथि अनुसन्धान थालिएको महाशाखाले जनाएको छ।