२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खप्तडमा आवास गृह निर्माण हुँदै



अ+ अ-

डोटी । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय एवं धार्मिक क्षेत्र खप्तडमा सुविधा सम्पन्न दुई वटा पर्यटक आवास गृह निर्माण हुने भएका छन् ।

खप्तड क्षेत्रमा आउने पर्यटकले खाने र बस्ने समस्या भएको गुनासो आएपछि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले १२५ बेडका दुई वटा आवास गृह निर्माण गर्ने भएको निकुञ्जका सहायक वार्डेन प्रकाश शाहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पर्यटकलाई बास बस्न समस्या भयो भन्ने गुनासो आएपछि हामीले पर्यटन वर्ष २०२० लाई लक्षित गरी दुई वटा सुविधा सम्पन्न आवास गृह बनाउने तयारी गरेका छौँ, चाँडै नै आवास गृह बन्नेछन् ।” खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार खप्तड क्षेत्रमा १०० बेडको आवास गृह बन्नेछ भने खप्तड क्षेत्र जाने बिचपानीमा २५ बेडको आवास गृह बनाउने गरी कार्य प्रारम्भ भएको छ ।

आवासका लागि निकुञ्जले लागत तयार गरेर स्वीकृतिका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजस्तु संरक्षण विभागमा पठाइसकेको बताइएको छ । दुईवटै आवासगृहको कूल लागत रु पाँच करोड रहेको छ । चालू आर्थिक वर्षमै भवन निर्माण कार्य सम्पन्न हुने गरी तयारी गरिएको निकुञ्जका सहायक वार्डेन शाहले बताउनुभयो ।

आवासगृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको राष्ट्रिय निकुञ्ज कार्यालयका इञ्जिनीयर सचिन न्यौपानेले बताउनुभयो ।

उहाँले कात्तिक महिनाभित्रै टेण्डर आह्वान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । पछिल्लो समयमा खप्तड क्षेत्रमा आउने पर्यटकको सङ्ख्यामा एकाएक वृद्धि भएपछि पर्यटकलाई सुविधा पु¥याउने उद्देश्यले उक्त दुई वटा भवन निर्माण गरिन लागेकोे हो ।

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा करीब ४०० नेपाली र नौ जना विदेशी पर्यटक खप्तड क्षेत्रको भ्रमणमा आएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।