१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय सम्मेलन कात्तिक २६ देखि



अ+ अ-

काठमाडौं । आप्रवासी कामदारको मानव अधिकार संरक्षणमा सहयोग गर्ने उद्देश्यले यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तरराष्ट्रिय निकायको सहभागितामा काठमाडौँमा अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ ।

यही कात्तिक २६ गतेदेखि शुरुहुने तीनदिने सो सम्मेलनमा ३० मुलुकका ६२ भन्दाबढी प्रतिनिधिको सहभागिता हुने राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । अहिलेसम्म २५ मुलुकका प्रतिनिधि आउने निश्चित भइसकेको छ । सम्मेलनमा मानवाधिकारका लागि विश्वव्यापी सञ्जाल, केन्या, मलेसिया, माल्दिभ्स, मङ्गोलिया, दक्षिण अफ्रिका, कतार, भारत, बङ्गलादेश, थाइल्याण्डलगायत श्रमिक लिने र आपूर्ति गर्ने मुलुकका मानव अधिकारका क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ ।

सम्मेलनमा विभिन्न पाँच विषयमा विज्ञसहित छलफल हुने आयोगका सदस्य सुदीप पाठकले जानकारी दिनुभयो । आयोगका अनुसार ‘आप्रवासन सुशासन र आप्रवासी कामदारका अधिकार’, ‘निष्पक्ष र जिम्मेवार कामदारको भर्ना’, ‘अनियमित आप्रवासन’, ‘आप्रवासी कामदारको न्यायमा पहुँच’ र ‘आप्रवासी कामदारको अधिकार प्रवद्र्धन र संरक्षणमा विश्वव्यापी सञ्जालसँगको सहकार्य’ विषयमा गम्भीर छलफल हुनेछ ।

नेपाल सरकारको आर्थिक सहयोगमा हुने सम्मेलनमा अन्तरराष्ट्रिय श्रम सङ्गठन ९आइएलओ०, अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम), संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम ९युएनडिपी० ले सहजीकरण गर्ने आयोगले जनाएको छ । सम्मेलनका बारेमा जानकारी दिन आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा सदस्य पाठकले आप्रवासी कामदारको मानव अधिकार रक्षा गर्न सामूहिक एकताको खाँचो रहेको बताउनुभयो ।

आयोगले आप्रवासी कामदारको मानव अधिकारको प्रत्याभूति गराउन विभिन्न मुलुकका मानव अधिकारसम्बन्धी निकायसँग समझदारी (एमओयू) गर्दै आएको छ । हालसम्म आयोगले नेपाली आप्रवासी कार्यरत प्रमुख तीन गन्तव्यसँग एमओयू गरेको छ । आयोगले एक वर्षअघि दक्षिण कोरियासँग, चार वर्षअघि कतार र यही महिना मलेसियाको मानव अधिकार आयोगसँग एमओयू गरेको छ ।