२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालको संरक्षण र दिगो पर्यटनमा सरकार प्रतिवद्धः पर्यटनमन्त्री पौडेल



अ+ अ-

काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवद्र्धनका लागि सरकार पूर्ण रूपमा प्रतिवद्ध रहेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा ‘एभरेष्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै मन्त्री पौडेलले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई साझा विश्वव्यापी दायित्व भएको उल्लेख गर्नुभएको हो ।

मन्त्री पौडेलले सगरमाथा आरोहीहरूको शाहस र दृढ संकल्पको प्रशंसा गर्नुभयो । समिटका क्रममा आयोजित राष्ट्रपतिसँगको ‘प्रेसिडेन्सियल ब्रेकफास्ट’ र आरोहीहरूको शपथ ग्रहण समारोहलाई उहाँले राष्ट्रिय गौरव र जिम्मेवारीको प्रतीकका रूपमा चित्रण गर्नुभयो ।

मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै हिमालय क्षेत्रमा देखिएको हिमनदी पग्लिने समस्या र जैविक विविधताको ह्रासलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनु भयो । हिमालहरू एशियाका लागि ‘वाटर टावर’ का रूपमा रहेको स्मरण गराउँदै उहाँले यसको अस्तित्व जोगाउन वैज्ञानिक सहकार्य र साझा लगानी आवश्यक रहेकोमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आरोहीहरूले लिएको शपथले हिमालयको वातावरण संरक्षण, स्थानीय संस्कृतिको सम्मान र जिम्मेवार पर्वतारोहणप्रतिको सामूहिक प्रतिवद्धतालाई झल्काउँछ । पर्यटन मन्त्रालयमार्फत हामी पर्वतारोहणलाई अझ सुरक्षित बनाउन, उद्धार र आपत्कालीन संयन्त्रमा सुधार ल्याउन तथा हिमाली समुदायलाई सशक्तीकरण गर्दै उनीहरूको जीविकोपार्जनमा सुधार ल्याउन क्रियाशील छौँ ।’

उहाँले नेपाललाई विश्वकै शाहसिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न गाइड, शेर्पा, उद्धारकर्मी र पर्यटन व्यवसायीहरूको अतुलनीय योगदान रहेको स्वीकार गर्नुभयो ।