७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण कोरियामा ओभरपास भत्किँदा तीन जनाको मृत्यु, तीन घाइते



अ+ अ-

काठमाडौँ। दक्षिण कोरियाको राजधानी सियोलमा भत्काउने क्रममा रहेको एक ओभरपास (आकाशे पुल) को माथिल्लो भाग भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

स्थानीय सञ्चारमाध्यमकाअनुसार मंगलवार दिउँसो करिव २ः३३ बजे ओभरपास भत्काउने कार्य भइरहेको स्थानमा सो दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा ५० र ६० वर्ष उमेर समूहका दुई कामदार रहेका छन्, जो भग्नावशेषमा पुरिएका थिए ।

अर्का एक ५० वर्षीय पुरुषलाई सवारीसाधन मुनि च्यापिएको अवस्थामा उद्धार गरी अस्पताल पु¥याइएको भएपनि उपचारका क्रममा उनको मृत्यु भएको पुष्टि गरिएको छ ।

त्यस्तै, ३०, ४० र ५० वर्ष उमेरका अन्य तीन पुरुष घाइते भएका छन् । उनीहरूको टाउको, ढाड र करङमा चोट लागेको बताइएको छ ।

दुर्घटनाका समयमा कार्यस्थलमा कूल १२ जना कर्मचारी उपस्थित रहेकोमा ६ जना भने सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।

प्रारम्भिक जानकारीअनुसार, आजै बिहान स्ल्याब काट्ने क्रममा पुलको सतह केही दबिएर २.९ सेन्टिमिटरको रिक्तता (ग्याप) देखिएको थियो ।

सोही विषयमा सुरक्षा निरीक्षण भइरहेका बेला ओभरपासको माथिल्लो भाग एक्कासि भत्किएको थियो । सन् १९६६ मा निर्माण गरिएको ३३५ मिटर लामो र १४.९ मिटर चौडा उक्त ओभरपास भत्काउने कार्य गत वर्षको अगस्टदेखि सुरु गरिएको थियो ।

सो कार्य यसै वर्षको जुन महिनाको शुरुवातमै सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । स्थानीय अधिकारीहरूले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल




भर्खरै