२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथाको संरक्षण र दिगो पर्यटनमा राष्ट्रपतिको जोड



अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विश्वका विभिन्न मुलुकबाट आएका सगरमाथा आराेहीहरूकाे सम्मानमा बुधबार यहाँ आयाेजित Everest Summiteers Breakfast with President Of Nepal कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।

“सगरमाथा केवल नेपालको भौगोलिक पहिचान मात्र नभएर यो सिङ्गो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो, यी सम्पदाको संरक्षण, सर्वद्धन, प्रचारप्रसार र सन्तुलित उपयोगबाट नेपालको पर्यटन क्षेत्रमार्फत हाम्रो अर्थतन्त्रमा टेवा पुगेको छ”, उहाँले भन्नुभयो ।

तथापि, विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने जस्ता समस्या अहिले चुनौती बनेको उहाँको भनाई थियो । “यी समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित एवम् दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

हिमाल र हिमाली पर्यावरणको संरक्षणका लागि अन्तर्राष्ट्रिय सहकार्य, संवाद तथा सचेतना अभिवृद्धिमा विश्वभरिका सगरमाथा आरोहीलाई एकै ठाउँमा भेला गराएर विशेषतः सगरमाथासहित हिमाली क्षेत्रको बहुआयामिक पक्षबारे सार्थक छलफल हुने यो सम्मेलनको आजको सन्दर्भमा विशेष महत्व रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

“आरोहणका क्रमका भोगाई र अनुभवबाट प्राप्त गरेको ज्ञान नेपाल र नेपालीको मात्र नभएर विश्वकै गौरव, शान र पहिचानको रुपमा रहेको सगरमाथालाई यसको प्राकृतिक स्वरुपमा जीवन्त राख्न पनि यस सम्मेलनले विशेष ध्यान दिने मैले विश्वास लिएको छु”, राष्ट्रपति पौडेलले भन्नुभयो ।




भर्खरै