७ श्रावण २०८३, बिहीबार
,
Latest
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्च रक्तचापका बिरामी बढदै



अ+ अ-

काठमाडौँ अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको हुन् । वयस्क नेपालीमा उच्च रक्तचापको दर २४.५ प्रतिशत रहेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनले अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको बताउनुभयो ।

नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ । यसरी हुने मृत्युमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७.३६ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार  विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । यो सङ्ख्या निरन्तर बढ्दो छ ।

उच्च रक्तचाप प्रभावित व्यक्तिमध्ये ठूलो हिस्सा आफ्नो रोगको अवस्थाबारे अनभिज्ञ हुनु हो । विभिन्न उपायले उच्च रक्तचाप नियन्त्रण गर्न सकिने हुँदाहुँदै चारमध्ये एक जनाको मात्र रक्तचाप नियन्त्रणमा रहेको छ ।

दैनिक कम्तीमा ३० देखि ४५ मिनेट शारीरिक व्यायाम गर्ने, धूम्रपान तथा मद्यपानबाट टाढा रहने, पर्याप्त निद्रा र तनाव व्यवस्थापनमा ध्यान दिनसमेत स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ । रासस




भर्खरै