२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले नेपालको ३६ हेक्टर भूभाग कब्जा गर्यो



अ+ अ-

काठमाडौं । लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको उत्तरी सिमानामा मिचेको तथ्य सार्वजनिक भएको छ। छिमेकी राष्ट्र चीनले नेपालको ३६ हेक्टर भूभाग जमिन मिचेकोको सरकारी तथ्यंकमा उल्लेख छ। चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको उक्त ३६ हेक्टर भूभाग मिचेको छ। सरकारको एक अध्ययन प्रतिवेदन अनुसार चीनले नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भुभाग मिचेको हो।

कृषि मन्त्रालय अन्तर्गतको नापी शाखाले गरेको अध्ययन अनुसार उक्त नेपाली जमिन चीनले मिचेको हो। नेपालको उत्तरी सीमामा देखिएका केही अप्ठ्याराहरू शीर्षक दिएर तयार गरिएको प्रतिवेदनमा ३६ हेक्टर भूभाग मिचेको उल्लेख छ।

प्रतिवेदनमा भनिएको छ, चीनले नेपाल-चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना अत्याधिक छ।
नेपाल चीन सीमानामा नेपाल तिर नदिको वहावले ठूला ठूला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सीमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ।


कुन जिल्लामा कति मिच्यो ?
चीनले हुम्ला, रसुवा, सिन्धुपाल्चोक, संखुवासभाका विभिन्न स्थानहरूमा सीमा मिचेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ ।
चीनले हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा चार हेक्टर, रसुवाको सन्जेन खोलामा दुई हेक्टर, भुर्जुग खोलामा एक हेक्टर, लेम्दे खोलामा एक हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर, भोटेकोशीमा चार हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको मन्त्रालयले जारी गरेको विवरणमा उल्लेख छ ।

चीनसँग जोडिएको उत्तरी नेपालमा पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरू रहेका छन् । ती भन्ज्याङहरूले नेपाल–चीन सीमा नाकाको काम गरेका छन् । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ।