७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आलम प्रकरणले लियो नयाँ मोड, ईटाभट्टामा पोलेको मान्छे….



अ+ अ-

काठमाडौं । १२ वर्षअघि बम बिष्फोट गराएर मान्छे मारेका आरोप लागेका कांग्रेका सांसद मोहम्मद अफताब आलम प्रकरणमा नयाँ ट्विस्ट आएको छ । १२ वर्षअघि बम बिष्फोटमा मृतक भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन्।

सरकारी वकिल कार्यालयले ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो।

रौतहट अदालत स्रोतका अनुसार आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने, धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे बहस हुँदै गर्दा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको छ।

जिल्ला न्यायाधीश दीपक दाहालको इजलासमा आलमको मुद्दामा थुनछेक बहस हुँदै छ। बहस गर्न रौतहट पुगेका सहन्यायाधीवक्ता सूर्यदाहालले पनि त्यस्तो निवेदन इजलासमा दिन एक मानिस आएको पुष्टि गरे। तर रौतहट प्रहरी कार्यालयले भने साक्षी सुरक्षामा सचेत रहेको जनाएको छ।