८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर काटेर मार्नेलाई खोज्न कुकुर नै परिचालन गरिने !



अ+ अ-

काठमाडौं । गत बुधबार साँझ इटहरी १ हलगाडास्थित मोहन विश्वकर्माको घरमा पालेको जर्मन सेफर्ड प्रजातिको कुकुरलाई काटेर मार्ने ३ जना अभियुक्तलाई पक्रिन प्रहरीले तालीम प्राप्त कुकुर नै परिचालन गर्ने भएको छ ।

गत बुधबार विश्वकर्माका छोरा आयुष विश्वकर्मासंग सामान्य भनाभन भएकोमा साँझ ७ वजेतिर इटहरीकै विशाल माझि, मनोज भण्डारी र सुदिन राईले आयुषलाई आक्रमण गर्ने उद्धेश्यले हाततियार सहित आयुषको घरमा गएका थिए ।

आयुषलाई नभेटेपछि अभियुक्तहरुले आयुषको घरको भर्यांगमा बाँधेको जर्मन सेफर्ड कुकुरलाई काटेर भागेकोमा सोही चोटका कारण विहीबार कुकुर मरेको थियो । घरपालुवा कुकुर मरेपछि घरधनी मोहन विश्वकर्माले इटहरी प्रहरीमा ती तीनैजना अभियुक्तको विरुद्धमा किटानी जाहेरी दिएका थिए ।
“घटनापछि तीनैजना अभियुक्तहरु भागेका छन, उनीहरुलाई सादा पोशाकका प्रहरीले खोजी राखेका छन, केही दिनभित्र उनीहरु नभेटिए या उनीहरुले आत्मसर्मपण नगरेमा उनीहरुलाई तालीम प्राप्त कुकुरबाटै खोजिनेछ”-इटहरी प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले न्यूज पोलारसंग भने ।