१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

सुदूरपश्चिम प्रदेशसभाः दुई विधेयक टेबुल

सुदूरपश्चिम प्रदेशसभाः दुई विधेयक टेबुल
फाइल फोटो
अ अ+ अ-

सुदूरपश्चिम।  सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश बडघर तथा भलमन्सा प्रथाको संरक्षण तथा व्यवस्था गर्न बनेको विधेयक’टेबुल गरिएको छ ।

प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त विधेयक टेबुल गर्नुभएको हो । पश्चिम तराईका जिल्लामा बसोबास गर्दै आएको डगौरा थारु समुदायमा बडघर तथा भलमन्सा प्रथा सदियौँदेखि प्रचलनमा रहेको छ । लोकतान्त्रिक एवं प्रजातान्त्रिक मानिने यो प्रथालाई कानुनी मान्यता दिन विधेयक टेबुल गरिएको हो ।

मन्त्री खड्काले ‘टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबुल गर्नुभयो । यसअघि बैठकको प्रारम्भमा दिइएको शून्य समयमा बोल्ने प्रदेशसभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँहरुले बाजुरा र हुम्ला जिल्लाका स्थानीयवासीबीच केही दिनदेखि उत्पन्न सीमा विवादका क्रममा भएको कुटपिटलगायत अमानवीय घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा दार्चुलाको व्यास गाउँपालिकाका शिक्षक बलदेव धामीको आत्महत्यासम्बन्धी घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्यहरुले चालु योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन, आलोचना नहुने गरी आगामी वर्षको बजेट कार्यक्रम ल्याउन, कैलालीको क्षेत्र नं–३ मा वर्षौँदेखि निर्माण पूरा हुन नसकेर अलपत्र अवस्थामा रहेको गुर्गी बाँध सिँचाइ आयोजनाको निर्माणका साथै सो क्षेत्रका सडक स्तरोन्नति गर्न, टीकापुर अस्पतलालाई प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न, कर्णाली नदी कटान नियन्त्रणसम्बन्धी योजना ल्याउन, कैलालीको गोदावरीमा तोकिएको प्रदेशको स्थायी राजधानी निर्माणको योजना छिटो कार्यान्वयनमा ल्याउन ध्यानाकार्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य मानबहादुर धामीले शून्य समय, विषेश समय र आकस्मिक समयमा सदनमा पटकपटक ध्यानाकर्षण गराइएका विषयका बारेमा सरकारका तर्फबाट कुनै जवाफदेहिता नदेखाइएको भन्दै सभामुखलाई ‘रुलिङ’ गर्न माग गर्नुभयो ।

आजको शून्य समयमा प्रदेशसभा सदस्यहरु विक्रमसिंह धामी, खुसीराम डगौरा थारु, घनश्याम चौधरी, तुल्सी देवकोटा, लक्ष्मणकिशोर चौधरी, लक्ष्मी विक, नरेशबहादुर शाही, ललिता सुनार र जुनाकुमारी दानीले भाग लिनुभएको थियो ।  रासस