१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

फासियानको यात्रा विवरण पुस्तक नेपालीमा अनुवाद

फासियानको यात्रा विवरण पुस्तक नेपालीमा अनुवाद
अ अ+ अ-

लुम्बिनी। बौद्ध संस्कृति तथा पुरातत्वका लागि महत्वपूर्ण चिनियाँ ग्रन्थ ‘फुगोची’ नेपाली भाषामा अनुवाद गरिएको छ ।

बौद्ध चिनियाँ तीर्थयात्री भिक्षु फासियानले एक हजार ६०० वर्षअघि बौद्ध राज्यको भ्रमण गरी त्यसको यात्रा विवरण लेखेका थिए । बौद्ध पुरातत्वको क्षेत्रमा यो महत्वपूर्ण ग्रन्थ दुर्लभ मानिन्छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले बेइजिङ लोङमिङह नेटवर्क कम्पनी, चीनको सहकार्यमा पुस्तक नेपालीमा अनुवाद गरेको हो ।

विश्वविद्यालयका सहप्राध्यापक डा सागर न्यौपाने र सहायक निर्देशक चुरामणि पोखरेलले अनुवाद गरेको बौद्ध राज्यको अभिलेख नामक पुस्तक आज लुम्बिनीमा एक कार्यक्रमको आयोजना गरी विमोचन गरिएको छ ।

तीर्थयात्री फासियानको यात्रा विवरण लेखिएको अभिलेखकै आधारमा बुद्ध जन्मस्थल लुम्बिनी, शाक्यको राजधानी तिलौराकोट, अस्तुधातु राखिएको स्थान रामग्रामका साथै भारतमा रहेका बौद्ध स्थलको पुरातात्विक पहिचान भएको छ ।

अभिलेख फ्रेन्च, अङ्ग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएको थियो । चिनियाँ लिपिबाट पहिलो पटक नेपालीमा अनुवाद गरिएको अनुवादक न्यौपानेले जानकारी दिनुभयो । उहाँले चीनको सिन, चिन, मिङ र छिङ वंशकालमा प्रकाशित चिनियाँ लिपिकै आधारमा अनुवाद गरेको जानकारी दिनुभयो ।

पुस्तक विमोचन गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति डा माणिकरत्न शाक्यले बौद्ध इतिहासमा फासियान र ह्वेनसाङ्गको दस्तावेजसहितको यात्राविवरण महत्वपूर्ण रहेको बताउनुभयो ।

बौद्ध राज्यको अभिलेख पुस्तकले अध्ययन अनुसन्धानमा संलग्न नेपाली अनुसन्धानकर्तालाई सहज हुने उहाँले बताउनुभयो । उहाँले फासियानले पुस्तकमा तत्कालिन बौद्ध राज्यको सांस्कृतिक तथा आर्थिक अवस्थाका साथै बौद्धस्थलको विषयमा चर्चा गरेकाले नेपाली भाषामा अनुवाद हुनु महत्वपूर्ण कार्य रहेको बताउनुभयो ।

सिल्करोड सांस्कृतिक कार्य कमिटी एवं चीन संस्कृति प्रवद्र्धन सोसाइटीका निर्देशक साङ्ची चसीले फासियानको पुस्तकले शब्द मात्र होइन, सभ्यताको सम्झना र मित्रताको निरन्तरता पनि बोकेको बताउनुभयो ।

त्यस्तै लङमिङ्गह नेटवर्क कम्पनीका निर्देशक जु युले लुम्बिनी बौद्ध विश्वविद्यालयसँग थप चिनियाँ र नेपाली सांस्कृतिक क्लासिकको पारस्परिक अनुवाद तथा प्रसारलाई प्रवद्र्धन गर्न काम जारी राख्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार इन्द्रप्रसाद काफ्लेले बौद्ध संस्कृतिको पहिचान, अध्ययन अनुसन्धानमा यो पुस्तक महत्वपूर्ण हुने बताउनुभयो । उहाँले विश्वविद्यालयले निरन्तर रूपमा यस्ता महत्वपूर्ण ग्रन्थको अनुवाद गर्दै जाने बताउनुभयो ।

लुम्बिनी अनुसन्धान केन्द्रका निर्देशक प्राडा गितु गिरीले फासियानको यात्रा विवरण बौद्ध इतिहासकै महत्वपूर्ण दस्तावेज भएको बताउनुभयो । अनुसन्धान केन्द्रले यस्ता थुप्रै प्राचिन ग्रन्थ अनुवाद गर्ने काम जारी राखेको उहाँले जानकारी गराउनुभयो ।

सो अवसरमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा रु ४० लाखको फासियान तथा ह्वेनसाङ अनुसन्धान कोष स्थापना गरिएको छ । चिनियाँ दाताको सहयोगमा यो कोष स्थापना गरिएको हो । सो कोषको रकम विश्वविद्यालयको योजनाअनुसार अनुसन्धानकार्यमा खर्च गरिनेछ । रासस