१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट

मन्त्री चौधरीसँग कोरियाली राजदूतको भेट
अ अ+ अ-

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङले तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चरको प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गर्नुभएको छ ।

आज भएको उक्त भेटका क्रममा नेपाल काठमाडौँ–कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ ।

सो अवसरमा मन्त्री चौधरीले नेपाल सरकारका तर्फबाट कोरिया सरकारले नेपाललाई उपलब्ध गराएको उन्नत पशु नस्लप्रति आभार व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारले दुग्ध क्षेत्र विकास तथा दुग्ध विकास संस्थान सुदृढीकरणलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै कोरियाको आधुनिक दुग्ध प्रविधि नेपालमा विस्तार गर्न चाहेको बताउनुभयो ।

मन्त्री चौधरीले नेपाल सरकारले डिजिटलाइजेशन, नवप्रवर्तन, जलवायु–स्मार्ट कृषि तथा युवा स्टार्टअप कार्यक्रमलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यी क्षेत्रमा कोरियाबाट थप लगानी, प्रविधि तथा प्राविधिक सहयोग अपेक्षा गरिएको बताउनुभयो ।

जैविक मल उत्पादन प्रविधि, पढ्ने तथा कमाउने कार्यक्रम विस्तार तथा संयुक्त कृषि कार्यसमिति बैठक आयोजना गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजदूत पार्कले नेपाल र कोरियाबीच विगतदेखि कृषि तथा वातावरण क्षेत्रमा विभिन्न कार्यक्रम सफलतापूर्वक सञ्चालन हुँदै आएको उल्लेख गर्दै कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले कोरियाको सहयोगमा नेपालमा वितरण गरिएका १०८ उन्नत जातका हिफरबाट उत्साहजनक परिणाम प्राप्त भएको, महिला कृषकले व्यावसायिक उत्पादन सुरु गरिसकेको तथा तेस्रो पुस्तासम्म बाच्छाबाच्छी उत्पादन भइसकेको जानकारी दिनुभयो ।

राजदूत पार्कले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) सँगको सहकार्यमा गतवर्ष स्थापना गरिएको ‘कोपिआ सेन्टर’ले प्रारम्भिक चरणमा तरकारी तथा आलु अनुसन्धानमा काम गरिरहेको जानकारी दिनुभयो । कोरियामा कार्यरत नेपाली श्रमिकहरूको योगदानको प्रशंसा गर्दै उहाँले कृषि क्षेत्रमा कार्यरत धेरै नेपाली युवाले सिकेको सीप र प्रविधि नेपाल फर्किएपछि उद्यमशीलतामा प्रयोग गरिरहेको उल्लेख गर्नुभयो ।

राजदूत पार्कले वातावरण तथा ऊर्जा क्षेत्रको सहकार्यबारे चर्चा गर्दै रसुवामा निर्माणाधीन त्रिसूली जलविद्युत् आयोजना महत्वपूर्ण सहकार्य क्षेत्र रहेको बताउनुभयो । वातावरणसम्बन्धी सहकार्यलाई थप विस्तार गर्न आगामी दिनमा संयुक्त सेमिनार आयोजना गर्ने उहाँले इच्छा व्यक्त गर्नुभयो ।

भेटवार्तामा नेपाल–कोरियाबीचको दीर्घकालीन बहुपक्षीय तथा द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउने विषयमा दुवै पक्ष सहमत भएका छन् । रासस