७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा चेल्सीको प्रभावशाली प्रदर्शन, प्यालेस २-० ले पराजित



अ+ अ-

काठमाडौंः प्रिमियर लिगमा चेल्सीले पछिल्लो समय प्रभावशाली खेल कौशल प्रदर्शन गर्न थालेको छ । शनिबारको खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई २-० ले हराएर छैटौं जित हात पारेको छ । २०१६-१७ को उपाधि जितेको सिजनपछि पहिलो पटक लगातार छैटौं जित हात पारेको चेल्सी लिगको दोस्रो सथानमा उक्लिएको छ ।

घरेलु मैदान स्ट्याफोर्ड ब्रिजमा भएको खेलको पहिलो हाफ भने बराबरीमा रोकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै टमी अब्राहमले गोल गरे । ७९ औं मिनेटमा अमेरिकी खेलाडी क्रिस्टियन पुलिसिकले गोल गरेपछि चेल्सीको जित पक्का भएको थियो ।

Image

जितसँगै चेल्सीको १२ खेलबाट २६ अंक भएको छ र म्यानचेष्टर सिटीलाई उछिनेको छ । यद्यपि २५ अंक जोडेको उसले एक खेल कम खेलेको छ ।

एजेन्सीकाे सहयाेगमा