११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित: गृहसचिव श्रेष्ठ

भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित: गृहसचिव श्रेष्ठ
अ अ+ अ-

काठमाडाैँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित भएको बताउनुभएको छ ।

सार्वजनिक लेखा समितिको सोमवारको बैठकमा बोल्दै उहाँले उक्त घटनामा मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको र धेरै कार्यालयका स्रेस्ता (अभिलेख) जलेर नष्ट हुँदा लेखापरीक्षण तथा बेरुजु फस्र्यौट कार्यमा ढिलाइ भएको बताउनु भयो । उहाँकाअनुसार हालसम्म ३६ वटा कार्यालयका स्रेस्ता नष्ट भएकाले लेखापरीक्षण गर्न नसकिएको अवस्था छ ।

सचिव श्रेष्ठले मन्त्रालयले तत्कालै केही महत्वपूर्ण कामहरू अघि बढाएको उल्लेख गर्दै पाँच प्रमुख बुँदामा कार्य प्रगति प्रश्तुत गर्नुभयो । जलेर नष्ट भएका तथा अभिलेख नभएका बेरुजु सम्बन्धी विवरण महालेखा परीक्षकको कार्यालयसँग पुनः लगत भिडान गरेर नयाँ अभिलेख तयार गर्ने काम शुरु गरिएको उहाँले बताउनु भयो ।

सचिव श्रेष्ठले भन्नुभयो– ‘यो भाद्र २३–२४ को घटनाको सन्दर्भमा सबभन्दा बढी प्रभावित गृह मन्त्रालय पनि भएको, स्रेस्ताहरू पनि जलेको, काम–कारबाहीमा पनि धेरै समय हामी व्यवस्थापन गर्न लागेको हुँदा यो सन्दर्भमा हाम्रो त्यति ध्यान दिन नसक्ने अवस्थाले गर्दा पनि प्रगति हुन सकेको छैन । तैपनि अब ३६ वटा कार्यालयहरूको स्रेस्ता जलेको र लेखापरीक्षण हुन नसकेको अवस्था छ । तर हामीले अहिले तत्कालका लागि केही कामहरू गरेका छौँ ।  हामीले जलेर नष्ट भएको, बेरुजुको अभिलेख नभएको विषयहरूलाई महालेखा परीक्षकको कार्यालयबाट लगत भिडान गर्ने, बेरुजु कायम गर्ने कुरा शुरु गरिसकेका छौँ, पुनः लगत लिँदै छौँ ।’

नियमित गर्न सकिने बेरुजुहरूलाई टुंगो लगाउने र सम्भव नभएका बेरुजुहरूलाई कानूनअनुसार कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । मातहतका निकायहरूलाई लक्ष्यअनुसार बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राख्न निर्देशनसहित पत्राचार गरिएको बताउँदै उहाँले असुलउपर गर्नुपर्ने स्पष्ट बेरुजुहरूका सम्बन्धमा पनि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको बताउनु भयो ।