२० भाद्र २०८३, शनिबार
,
Latest
मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन काठमाडौं रेड्सलाई सफलता भक्तपुर पर्यटनको ३२ वर्षः ५२ लाखभन्दा बढी पर्यटकले घुमे नगर वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठूला अस्पतालहरूमा केन्द्रित बेरुजु फर्स्यौट गर्छौंः सचिव देवकोटा



अ+ अ-

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अब ठूला अस्पताल केन्द्रित गराउन लागिएको बताउनुभएको छ ।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उहाँले ठूला अस्पतालहरूमा केन्द्रित बेरुजुमा विशेष विश्लेषण गरेर फस्र्यौट प्रक्रिया अघि बढाउने योजना रहेको बताउनु भयो ।

उहाँकाअनुसार धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा मात्र करिब ५ अर्ब रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ, जुन कुल बेरुजुको करिव एक चौथाई बराबर हो । सचिव देवकोटाले यस्ता ठूला अस्पतालहरूमा रहेको बेरुजुको प्रकृति विश्लेषण गरेर लक्षित रूपमा फस्र्यौट गर्ने कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

उहाँकाअनुसार आगामी आर्थिक वर्षमा बेरुजु फस्र्यौटका लागि विशेष कार्यक्रमहरू समेत समावेश गरिएको छ, जसले सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै फस्र्यौट प्रक्रियालाई तीव्रता दिनेछ । सचिव देवकोटाले वार्षिक खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु धेरै देखिएको उल्लेख गर्दै केन्द्रबाट दररेट निर्धारण गर्ने प्रणाली लागू गर्न सके बेरुजु घटाउन सहयोग पुग्ने बताउनु भयो ।

सचिव देवकोटाले भन्नुभयो, ‘हामीले अब अस्पतालमा केन्द्रित हुनुप¥यो । खासगरी यदि आँकडा हे¥यौँ भने अहिलेसम्मको हिसाब गर्दाखेरि ठुला अस्पतालहरू, खासगरी धरान र वीर अस्पतालको मात्र हे¥यौँ भने कुल लगभग ५ अर्बभन्दा बढी बेरुजु देखिन्छ । त्यो भनेको करिव–करिव एक चौथाइको हाराहारीमा हो । त्यो हिसाबले यस्ता ठूला अस्पतालहरूमा बेरुजु फछ्र्यौट कसरी हुने, कस्ता किसिमका बेरुजु छन् भनेर एनालाइसिस गरेर फोकस टारगेटेड काम गर्ने प्लान छ ।’

उहाँले हाल खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु ठूलो मात्रामा रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहमा एकीकृत दररेट प्रणाली लागू गर्नसके धेरै समस्या समाधान हुने बताउनु भयो ।