२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिनः राउत



अ+ अ-

काठमाडाैँ । उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महत्वपूर्ण कागजात नष्ट भएका कारण आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको बताउनुभएको छ ।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उहाँले विगतका केही महत्वपूर्ण कागजात नष्ट भएका कारण बेरुजु फस्र्यौटको काममा आवश्यक प्रमाण जुटाउन कठिन भइरहेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार कतिपय फाइल महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि विभिन्न कारणले प्रक्रिया रोकिएको अवस्था छ । यसले बेरुजु फस्र्यौटको काम प्रभावित भएको छ । सचिव राउतले विगत करिब दुई वर्षसम्म कायम रहेको कानुनी अस्पष्टताका कारण पनि बेरुजु रकम बढेको बताउनुभयो । कानुनी अन्योलका कारण समयमा फस्र्यौट हुन नसक्दा बेरुजुको दायरा विस्तार भएको उहाँको भनाइ थियो ।

सचिव राउतले भन्नुभयो–‘केही यो कागजातहरू नष्ट भएको कारणले पनि पछिल्लो समयमा आवश्यक कागज–प्रमाणहरू पूरा गर्न नसकेर रहेको छ, अलिकति अहिलेको समस्या भनेको त्यही हो भने । त्यसपछि कतिपय फाइल चाहिँ महालेखा परीक्षकको कार्यालयमा पठाइए पनि त्यो विविध कारणले अहिले रोकिएको अवस्था  छ र यो बेरुजुको रकम अलिकति बढ्नुमा विगतमा हाम्रो लगभग दुई वर्षजति कानुनी अस्पष्टताको कारणले पनि यो फस्र्योट हुन नसकेको कारणले बढेको हो र अब अहिले हामी मन्त्रालयले कानुनमा तोकिए बमोजिमको ‘बेरुजु फस्र्योट समिति’ नै गठन गरेर नियमित रूपमा मन्त्रालय र अन्तर्गतका निकाय प्रमुख र लेखा प्रमुखहरूको छलफल गरेर त्यो अनुसार बेरुजु फस्र्यौटलाई तदारुकताका साथ अगाडि बढाइरहेका छौँ ।’

उहाँले हाल मन्त्रालयले कानुनबमोजिम ‘बेरुजु फस्र्यौट समिति’ गठन गरी नियमित रूपमा काम गरिरहेको जानकारी दिनुभयो । मन्त्रालय तथा मातहत निकायका प्रमुख र लेखा प्रमुखहरूसँग निरन्तर छलफल गरेर कार्ययोजनाअनुसार बेरुजु फस्र्यौट प्रक्रिया अघि बढाइएको सचिव राउतले बताउनु भयो । उहाँकाअनुसार मन्त्रालयले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राखेर तदारुकताका साथ काम गरिरहेको छ ।