४ असार २०८३, बिहीबार
,
Latest
शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच शिष्टाचार भेट, समसामयिक राजनीतिक विषयमा छलफल



अ+ अ-

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेर सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्था, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, संसदको प्रभावकारी सञ्चालन तथा राष्ट्रिय हितसँग सम्बन्धित विभिन्न विषयमा छलफल भएको बताइएको छ ।

सभामुख अर्याल र उपराष्ट्रपति यादवबीच लोकतान्त्रिक संस्थाहरूलाई थप मजबुत बनाउने, संसदलाई जनउत्तरदायी र प्रभावकारी बनाउँदै लैजाने विषयमा समेत विचार आदानप्रदान भएको थियो ।

उपराष्ट्रपति निवास लैनचौरमा भएको भेट सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।