५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगी प्रकरण: कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई अदालत उपस्थित हुन आदेश



अ+ अ-

काठमाडाैँ । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणसँग सम्बन्धित लेनदेन मुद्दामा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नाममा २१ दिने म्याद सूचना  जारी गरेको छ।

अदालतका अनुसार स्याङ्जा जिल्ला, साविक अर्जुनचौपारी गा.वि.स. वडा नं. ७ (हाल अर्जुनचौपारी गाउँपालिका–२, लामडाँडा) स्थायी घर भई हाल ललितपुर महानगरपालिका वडा नं. १४, थसिखेलमा बसोबास गर्दै आएकी ४८ वर्षीया ज्योती गुरुङका नाममा उक्त सूचना प्रकाशित गरिएको हो।

उप्रान्त बोध विक्रम थापाले दायर गरेको लेनदेनसम्बन्धी मुद्दामा यसअघि जारी गरिएको म्याद बदर भई मिति २०८३ जेठ ५ गतेको अदालतको आदेशअनुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२२) बमोजिम म्याद सूचना प्रकाशित गरिएको अदालतले जनाएको छ।

सूचनाअनुसार म्याद सूचना पत्रिकामा प्रकाशित भएको मितिबाट बाटोको म्याद बाहेक २१ दिनभित्र सम्बन्धित पक्षले आफैं वा कानुनबमोजिमको प्रतिनिधिमार्फत प्रमाण तथा सबुदसहित प्रतिउत्तरपत्र दायर गर्दै अदालतमा उपस्थित हुनुपर्नेछ।

म्यादभित्र उपस्थित नभएमा मुद्दा कानुनबमोजिम अगाडि बढाइने र पछि कुनै उजुर लाग्ने छैन भन्ने चेतावनीसमेत अदालतले दिएको छ।