८ असार २०८३, सोमबार
,
Latest
ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साझेदारीमा ‘स्मार्ट’ सार्वजनिक शौचालय



अ+ अ-

कास्की । पोखरा महानगरपालिका लगायतका सङ्घसंस्थाको लागत साझेदारीमा यहाँ एक ‘स्मार्ट’ सार्वजनिक शौचालय निर्माण गरिएको छ । महानगरको रु १४ लाख ४३ हजार ५८४, लायन्स अन्तर्राष्ट्रिय ३२५ बी–१ नेपालको रु पाँच लाख, रोटरी क्लब अफ मिडटाउनको रु चार लाख तथा अमरसिंह व्यापार व्यवसायी समितिको रु एक लाख लगानीमा पोखराको मुख्यबजार क्षेत्र अमरसिंहचोकमा शौचालय निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमप्रसाद सुवेदीले बताए ।

शौचालय निर्माणका लागि रु २६ लाख ६६ हजार ३४३ खर्च भएको रु दुई लाख ३१ हजार ७५९ अपुग रहेको बताइएको छ । दुई तलाको सो भवनको तल्लो तलामा बाल तथा अपाङ्गमैत्री सेन्सरजडित तथा पर्याप्त मात्रामा पानीको व्यवस्था छ । महिला तथा पुरुष छुट्टाछुट्टै शौचालयमा एक पटकमा तीन÷तीन जना जान मिल्ने रहेको छ । शौचालय वरिपरिको क्षेत्रमा विभिन्न फूल तथा बिरुवाको बगैँचा बनाएर सुन्दरता प्रदान गर्ने योजनासमेत रहेको बताइन्छ ।

पर्यटकीय शहर पोखरामा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या वृद्धि भइरहेपनि बजार क्षेत्रमा शौचालय नहुँदा पर्यटकले सास्ती पाएका थिए । महानगरले बजारका अन्य प्रमुख चोकहरुमा समेत शौचालय निर्माण गर्ने योजना अघि सारेको छ । शनिबार स्मार्ट शौचायलको उद्घाटन गर्दै महानगरप्रमुख मानबहादुर जिसीले सङ्घसंस्थाको समेत लागत साझेदारीमा निर्माण गरिएकाले उचित संरक्षण तथा व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

महानगरले चालू आर्थिक वर्षभित्रमा बजार अन्य मुख्य चोकहरुमा समेत शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको र यसै वर्ष काम शुरु गरिने उनले बताए ।