१६ आश्विन २०८१, बुधबार
,
Latest
सिन्धुलीमा सडक पूर्वाधारसहित कृषिबालीमा ठूलो नोक्सानी टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो स्वास्थ्य मन्त्रालयको परिसरमै डेङ्गी फैलाउने लामखुट्टेको बासस्थान ! बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा सुनसरीको तरहरामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह न्यायपालिका पुरुषप्रधान छ: सञ्चारमन्त्री गुरुङ विपद्बाट ६ अर्ब रुपैयाँ बराबरको बालिनाली नोक्शानी भयो: मन्त्री अधिकारी निर्माण व्यवसायीहरुको २० अर्ब रुपैयाँ भुक्तानी भएको छ,बाँकी दशैँअघि कोशिस गर्छौं: अर्थमन्त्री पौडेल न्यायपरिषद्को विश्वसनीयता अभिवृद्धि गर्न विशेष जोड दिनेछु: प्रश्तावित प्रधानन्यायाधीश राउत आँबुखैरेनीमा उत्पादित सयपत्री बिक्रीका लागि तयार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने



अ+ अ-

काठमाडौँ । बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा कात्तिक २९ र ३० गते काठमाडौंको टुँडिखेलमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ । शनिबार यहाँ आयोजित साक्षात्कारमा सम्मेलनका व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले ऋषिमुनिको देश नेपालमा सो सम्मेलन गर्न लागेको जानकारी दिँदै दुई दिनसम्म चल्ने दोस्रो अन्तर्राट्रिय नशामुक्त शाकाहारी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको बताए ।

सम्मेलनमा शिक्षक, कर्मचारी, राजनीतिककर्मी, किसान, मजदूर र समाजसेवीहरूको उपस्थितिका लागि उनले आग्रह गरे । चौधरीले विश्वका विभिन्न ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहने बताए । उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ ।

कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समागममा ६० हजारभन्दा बढी भक्तजनहरुको सहभागिता रहनेछ । सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ । पत्रकार सम्मेलनमा संस्थाका केन्द्रीय अध्यक्ष कन्हैयालाल गुप्ता, नेपालका प्रचारक राजेश सोनी, सल्लाहकार श्यामसुन्दर पन्तले सम्मेलनबारेमा प्रकाश पारेका थिए ।