७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगमा आर्सनलको रोमाञ्चक जित



अ+ अ-

काठमाडौं। च्याम्पियन आर्सनलले सिजनको अन्तिम इंग्लिस प्रिमियर लिग खेलमा क्रिस्टल प्यालेसमाथि २–१ को रोमञ्चक जित दर्ता गरेको छ ।

आइतबार सेलहस्र्ट पार्कमा पाहुना टोली आर्सनलाई जित दिलाउन गाब्रियल जिसस र नोनी माडुकेले समान एक गोल गरे । जिन फिलिपे माटेटाले गरेको गोल प्यालेसका लागि सान्त्वना बन्यो ।

खेलको ४१औँ मिनेटमा जिससको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ६ मिनेटपछि नै माडुकेले टोलीको अग्रता दोब्बर बनाए। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा माटेटाले गोल गर्दै प्यालेसलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन ।

निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा माटेटाले गोल गर्दै प्यालेसलाई खेलमा फर्काउने संकेत दिए पनि त्यो पर्याप्त बन्न सकेन । जितसँगै आर्सनलले ३८ खेलमा ८५ अंक जोड्यो । पराजित प्यालेसले भने ४५ अंकका साथ १५औँ स्थानमा रहेर लिग अन्त्य गर्‍यो ।

आइतबारै सम्पन्न खेलमा सन्डरल्यान्डले चेल्सी र एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१, वेस्ट ह्याम युनाइटेडले लिड्स युनाइटेड र म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई ३–०, फुलहमले न्युक्यासल युनाइटेडलाई २–० तथा टोटनहमले एभरटनलाई १–० ले पराजित गरे ।