५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु



अ+ अ-

जेरूसेलम। इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको फोनवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार बताउनुभएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भन्नुभएको छ, “अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मबीच इरानसँग कुनै पनि अन्तिम सम्झौताका लागि इस्लामिक गणतन्त्रको ‘आणविक खतरा’ को पूर्ण रूपमा अन्त्य गर्ने बिषयमा सहमति भएको छ।”

नेतान्याहुले शनिबार राति दुई नेताबीच भएको कुराकानीलाई सङ्केत गर्दै भन्नुभएको छ, “फोनवार्ता धेरै राम्रो भयो।” राष्ट्रपति ट्रम्पले यसपहिले नै उक्त कुराको पुष्टि गर्नुभएको थियो ।

“राष्ट्रपति ट्रम्प र म इरानसँग कुनै पनि अन्तिम सम्झौताले आणविक खतरा पूर्ण रूपमा समाप्त गरिनुपर्छ भन्ने कुरामा सहमत भएका छौँ। यसको अर्थ इरानको युरेनियम संवर्धन केन्द्रहरू भत्काउनु र उसको क्षेत्रबाट प्रवर्धित आणविक सामग्री हटाउनु हो,” नेतान्याहूले एक विज्ञप्तिमा भन्नुभएको छ।

उहाँले भन्नुभयो, “राष्ट्रपति ट्रम्पको जस्तै मेरो नीति पनि परिवर्तन भएको छैन, इरानले आणविक हतियार उत्पादन गर्नेछैन ।”

नेतन्याहुले भन्नुभयो, “दुबै नेताहरूले स्ट्रेट अफ हर्मुज पुनः खोल्ने सम्बन्धी समझदारी पत्रबारे पनि छलफल भएको छ।

“दुई देशबीचको साझेदारी युद्धको मैदानमा प्रमाणित भएको छ, इरान कहिल्यै बलियो भएको छैन,” यसअघि राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो । ट्रम्पले लेबनान लगायत सबै मोर्चामा खतराविरुद्ध इजरायलको रक्षा गर्ने अधिकारको लागि आफ्नो प्रतिवद्धता पछिल्लो फोनवार्तामा दोहोर्याउनु भएको छ । (रासस/एएफपी)




भर्खरै