७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्याधिक गर्मी बढेपछि पठनपाठन प्रभावित



अ+ अ-

कञ्चनपुर। अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका स्थानीय पालिहरूले विद्यालयमा बिदा दिन थालेका छन् ।

विद्यार्थीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै केही स्थानीय पालिकाले गर्मी बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिने गर्ने निर्णय गरेका हुन् ।

भीमदत्त नगरपालिकाले जेठ ११ गतेदेखि १३ गतेसम्म नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण संस्थागत र सामुदायिक विद्यालयमा बिदा दिएको छ ।  नगरपालिकाको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्नसक्ने भएकाले बिदा दिने निर्णय गरिएको छ । उहाँका अनुसार उक्त बिदा गर्मी बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी कृष्णपुर नगरपालिकाले पनि आजदेखि लागू हुने गरी तीन दिनका लागि नगरपालिका क्षेत्रका सबै विद्यालयमा बिदा दिएको छ ।

नगर प्रमुख हेमराज ओझाले अत्यधिक गर्मीका कारण विद्यालयमा पठनपाठन प्रभावित हुन थालेपछि विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिइएको बताउनुभयो ।

यस्तै शुक्लाफाँटा नगरपालिकाले पनि गर्मीको अवस्थालाई मध्यनजर गरी छलफल गरेर बिदा दिने विषयमा निर्णय गरिने जनाएको छ । नगरपालिका शिक्षा शाखा प्रमुख टिकेन्द्रराज भट्ट ले मौसमको अवस्थालाई निरन्तर निगरानीमा राखिएको बताउनुभयो ।

गर्मीका कारण बालबालिकामा टाउको दुख्ने, कक्षाकोठामै निदाउने तथा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुने समस्या देखिन थालेको शिक्षकहरूले बताउनु भएको छ ।

“धेरै विद्यालयका कक्षाकोठामा पङ्खा छैनन्, भएका केही पङ्खा पनि बिग्रिएका छन्, जसले पठनपाठन सञ्चालन गर्न समस्या भएको छ, टिनको छाना भएका कक्षाकोठामा बसी नसक्नु छ”, एक शिक्षकले गुनासो गर्नुभयो । हाल कञ्चनपुर र कैलाली जिल्लामा दिउँसोको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेको छ । रासस