३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

एमालेको सचिवालय बैठक: के के भयो निर्णय?

एमालेको सचिवालय बैठक: के के भयो निर्णय?
अ+ अ-

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षात्मकका लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।

पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादल संयोजककत्वमा गठन भएको समितिमा उपाध्यक्षहरु बिष्णुप्रसाद पौडेल पृथ्वी सुब्बा गुरुङ, महासचिब शंकर पोखरेल, उपमहासचिब लेखराज भट्ट सचिबहरु छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकाल सदस्य रहेका रहनु भएको छ ।

यस्तै अन्य सदस्यहरुमा ९ प्रदेशका इन्चार्ज रहेका छन् । समितिलाई समय १ महिनाको समय तोकिएको छ ।

बैठकले पदाधिकारीहरूको वरीयताक्रम टुंगो लगाएको छ। अध्यक्ष केपी ओलीको निबास गुण्डुमा भएको सचिवालय बैठकले वरीयताक्रम टुंगो लगाएको हो।

वरीयताक्रम अनुसार अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकण विष्ट, रघुजी पन्त रहनु भएको छ । यसैगरी महासचिव शंकर पोखरेल, उपमहासचिवहरूमा लेखराज भट्ट, योगेश भट्टराई, रघुवीर महासेठ, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की र महेश बस्नेत रहनु भएको छ ।

बैठकले मदननगर बल्खुस्थित आफ्नै जग्गामा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो । कलंकीमा शिलान्यास गरिएको स्थानमा भवन नबनाउने निर्णय गर्दै उक्त प्रस्ताव फिर्ता लिइएको उहाँले जानकारी दिनुभयो । पार्टीले भवन निर्माणका लागि सहयोग र सद्भाव देखाएको भन्दै मिनबहादुर गुरुङ दम्पत्तीप्रति धन्यवाद व्यक्त गरेको पनि उहाँ जानकारी दिनुभयो।

केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बोलाउने निर्णय गरेको पनि उपमहासचिब भट्टले जानकारी दिनुभयो । बैठकको मिति भने अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीचको परामर्शपछि तय हुने जनाईएको छ ।