५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट गरेपछि…



अ+ अ-

सिरहा। सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नरहा गाउँपालिका—३ का ५५ वर्षीय पवित्रनारायण यादवलाई प्रहरीले शनिबार साँझ नयाँ चोहर्वाबाट पक्राउ गरेको हो ।

यादवमाथि स्थानीय ६० वर्षीया फूलकुमारी मण्डललाई कुटपिट गरेको आरोप छ । गत वैशाख २७ गते अपराह्न आफ्नो भैँसी यादवको खेतमा गएको निहुँमा मण्डलमाथि भएको प्रहरीले जनाएको छ ।

पीडित मण्डलले आफूमाथि अन्याय भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारसम्बन्धी कसुरमा जाहेरी दर्ता गराउनुभएको थियो । सोही जाहेरीका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाबाट पक्राउ पुर्जी अनुमति लिई इलाका प्रहरी कार्यालय चोहर्वाको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका यादवलाई अहिले हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिनुभयो । रासस