२ भाद्र २०८३, मंगलवार
,
Latest
स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभ्यालाई यु–१६ फुटसल उपाधि



अ+ अ-

काठमाडौं। काभ्याले प्रथम एन्जल्स हार्ट नेसनल स्कुल कप जुनियर यु–१६ छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरमा भएको फाइनलमा काभ्याले काठमाडौं लोक शिक्षण स्कुललाई २–० गोलले पराजित ग¥यो ।

एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा भएको प्रतियोगितामा एन्जल्स हार्ट मावि तेश्रो भयो । एन्जल्स हार्ट माविले समृद्धिलाई ४–२ गोलले हरायो ।

काठमाडौं लोक शिक्षणका विजेश वाइबा उत्कृष्ट खेलाडी, काभ्याका आराध्य रेग्मी उत्कृष्ट गोलरक्षक, समृद्धिका समन महर्जन उदीयमान खेलाडी र काभ्याका विप्लोप दर्लामी सर्वाधिक गोलकर्ता बने । स्मृद्धि उदीयमान टिम घोषित भयो ।

विजेतालाई जुनियर फुटबल एकेडेमीका संस्थापक र हेड कोच प्रज्ज्वलप्रताप क्षेत्री, आयोजक एन्जल्स हार्टका अध्यक्ष लीलबहादुर पुन, आयोजक एन्जल्स हार्टका प्रिन्सिपल टकबहादुर थापा, एन्जल्स स्पोर्ट्स एन्ड रिक्रिएसन सेन्टरका अध्यक्ष खिमबहादुर थापा, प्रतियोगिता संयोजक सुमन तिमल्सिनालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फाइभ ए साइड एकदिने प्रतियोगितामा ८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।