७ पुष २०८२, सोमबार
,
Latest
चिसोमा तातेको राजनीतिः जेनजी आन्दोलन, ओली देउवा भेट, सर्वपक्षीय बैठक र सेनाको स्पष्टोक्ति खाल्डोमा पुरिएर एक जनाको मृत्यु निर्वाचन कानुन र व्यवस्थापनबारे छलफल सम्पन्न क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीतापाइलास्थित एक घरबाट पाँच लाखभन्दा बढीको धनमाल चोरी



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकाभित्र चोरीका घटना क्रमबद्ध रुपमा बढ्न थालेका छन् । दैनिकजसो राजधानीमा चोरहरुले मौका छोपेर चोरी गर्ने गरेका छन् । यसैक्रममा शनिबार राति नागार्जुन नगरपालिका–४, सीतापाइलाथिस्त एक घरमा पनि पाँच लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

नागार्जुन–४ स्थित कुमारी मन्दिर नजिकै गोविन्द केसीको घरमा चोरी भएको महानगरीय प्रहरी वृत्त स्वयम्भुका डीएसपी लालध्वज सुवेदीले बताए । राति १ बजेतिर चोरले दुईवटा आइफोन, एउटा ल्यापटप लगायतको सामान चोरी गरेको डीएसपी सुवेदीले जानकारी दिए ।

आइतबार बिहान प्रहरीले चोरी भएको घरमा पुगेर अनुसन्धान थालेको छ । चोरहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।