२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागी उम्मेदवार फिर्ता गराउन नेकपाले गर्यो हेलिकोप्टर चार्टर



अ+ अ-

बाग्लुङ । वागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेलिकोप्टरको प्रयोग गरेको छ । बाग्लुङ २–(ख)को उपनिर्वाचनमा आफ्ना वागी उम्मेदवार शेरमान घर्तीलाई उम्मेदवारी फिर्ता गराउनका लागि हेलिकोप्टरको प्रयोग गरिएको हो ।

प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीले प्रदेशसभा सदस्य उम्मेदवारमा उम्मेद्धारी दिएका थिए । उनी विरुद्धमा ०७४ सालको स्थानीय निर्वाचनमा नेकपा तात्कालीन (माओवादी केन्द्र)बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिएका हुन् ।

हेलिकोप्टर मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा ल्याण्ड भएको थियो । उनका अनुसार शोही हेलीकोप्टरमा चढेर घर्तीमगर उम्मेदवारी फिर्ताका लागि सदरमुकाम लागेका छन् ।