७ पुष २०८२, सोमबार
,
Latest
सामुदायिक वनका उपभोक्ताहरुलाई आगो निभाउने सामग्री सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन, समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की यु–१९ गल्र्स बास्केटबल लिग उपाधि विजेता भ्याली पब्लिक टोली ‘मिरमिरे’को टाइटल सङमा दयाहाङ, प्रकाश र सिर्जनाबीचको त्रिकोणात्मक प्रेम पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’ निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छः कार्यवाहक प्रमुख आयुक्त भण्डारी बुटवल–गोरुसिङ्गे सडक आयोजनाः नदीजन्य सामग्री अभावले काम प्रभावित बालेनले दिए मानव अधिकार आयोगमा बयान नेकपा एमाले निर्वाचनमा सहभागी हुन्छः सचिव राई भिरबाट लडेर एकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागी उम्मेदवार फिर्ता गराउन नेकपाले गर्यो हेलिकोप्टर चार्टर



अ+ अ-

बाग्लुङ । वागी उम्मेदवार फिर्ता गराउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हेलिकोप्टरको प्रयोग गरेको छ । बाग्लुङ २–(ख)को उपनिर्वाचनमा आफ्ना वागी उम्मेदवार शेरमान घर्तीलाई उम्मेदवारी फिर्ता गराउनका लागि हेलिकोप्टरको प्रयोग गरिएको हो ।

प्रदेशसभाको सो क्षेत्रमा नेकपाको समर्थनमा राष्ट्रिय जनमोर्चाले खिमविक्रम शाहीले प्रदेशसभा सदस्य उम्मेदवारमा उम्मेद्धारी दिएका थिए । उनी विरुद्धमा ०७४ सालको स्थानीय निर्वाचनमा नेकपा तात्कालीन (माओवादी केन्द्र)बाट ढोरपाटन नगरपालिकाको मेयरमा पराजित शेरमान घर्ती मगरले बागी उम्मेदवारी दिएका हुन् ।

हेलिकोप्टर मेयर देवकुमार नेपालीको दरबार होटलको छतमा ल्याण्ड भएको थियो । उनका अनुसार शोही हेलीकोप्टरमा चढेर घर्तीमगर उम्मेदवारी फिर्ताका लागि सदरमुकाम लागेका छन् ।