११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल
अ अ+ अ-

काठमाडाैँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सोही निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं मन्त्री पोखरेलले निर्वाचनका दौरानमा महिनामा एउटा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने घोषणा गरिएअनुरूप आज काठमाडौँ महानगरपालिका–४स्थित विशाल मिलन केन्द्रमा पहिलो सार्वजनिक सुनुवाइ कार्यक्रम गर्नुभएको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले नागरिकका कुरा सुनेर मात्र अघिबढ्ने सरकारको नीति रहेको स्पष्ट पार्नुभयो ।

उहाँले शिक्षा मन्त्रालयका साथै सरकारको प्राथमिकता र हालसम्म भएका कार्यसम्पादनबारे स्थानीयलाई जानकारी गराउनुभयो । मन्त्रालयको कार्यप्रगति विवरण सुनाउँदै मन्त्री पोखरेलले देशभरका सबै सामुदायिक विद्यालयको भौतिक पूर्वाधारको मूल्याङ्कन गरेर अर्को वर्षदेखि प्राथमिकताको आधारमा बजेट विनियोजनलगायत अन्य स्रोतसाधनको सुनिश्चितता गरिने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि सबै विद्यालयलाई समाज बजेट पठाउँदा समस्या उत्पन्न भएको भन्दै उहाँले अर्को वर्षदेखि कुन सामुदायिक विद्यालयलाई कति बजेट चाहिन्छ सोहीअनुरूप बजेट पठाइने उल्लेख गर्नुभयो । मन्त्री पोखरेलले विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रियालाई पारदर्शी र व्यावसायिक बनाउन विज्ञ समितिले दक्षता र विशिष्टताका आधारमा छनोट गर्ने जानकारी दिनुभयो ।

स्थानीयले उठाएका सरोकार भएका विषयको गुनासो सुन्दै तिनको समाधानका लागि प्रयत्न गर्ने प्रतिबद्धता उहाँले जनाउनुभयो । सार्वजनिक सुनुवाइमा स्थानीयले विद्यालय भर्ना शुल्कदेखि क्षेत्रगत समस्या सडक, बिजुली, खाने पानीलगायतका विषयमा गुनासो गर्नुभएको थियो । सो निर्वाचन क्षेत्रमा मेलम्चीको खानेपानी आई नपुगेकाले पानीको समस्या भोगिरहनुपरेको तथा जारको पानी फोहोर भएको गुनासो राख्नुभएको थियो ।

उहाँहरूले विद्यार्थी भर्ना शुल्क, खानेपानीको समस्या, ढल व्यवस्थापन वैज्ञानिक तरिकाले हुन नसकेको, सडक बक्ति, सिसिटिभी व्यवस्थापनका विषय सम्बोधन गर्न मन्त्री पोखरेलसमक्ष आग्रह गर्नुभएको थियो । यस्तै त्रिवि सेवा आयोगको परीक्षा भएको छ महिना भइसक्दा पनि परीक्षाफल प्रकाशित नभएको गुनासो उहाँहरूको गुनासो थियो । स्थानीय जनताको गुनासो सुनिसकेपछि शिक्षामन्त्री पोखरेलले विद्यार्थी भर्नाबारे स्थानीय तहलाई पत्राचार भई तोकिएबमोजिम गर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले खानेपानीको विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँग समन्वय गरेर पानीको गुणस्तर मापन गरी सफा खानेपानीको सुनिश्चित गरिने बताउनुभयो । त्यसैगरी उहाँले सडक बत्ती र सिसिटिभीको विषयमा काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर चाँडै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । मन्त्री पोखरेलले उपकुलपतिको छनोट प्रक्रिया सकिएलगत्तै त्रिवि सेवा आयोगलगायत सबै परीक्षाको परीक्षाफल नियमित समयमा ल्याइने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ क्षेत्र नं ५ मा १५ वडामध्ये हरेक महिना कम्तीमा एक–एक वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गरी जनताको गुनासो सुन्ने र सम्बोधन गर्ने गरी अघिबढेको मन्त्री पोखरेलले उल्लेख गर्नुभयो । उहाँले आफ्नो मन्त्रालय र सरकारको कामबारे जनतालाई सुसूचित गराइने कार्यक्रमलाई निरन्तरता दिइने पनि बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले जनसरोकारका विषयलाई संसद् र सरकारले आवश्यक सम्बोधन गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा क्षेत्र नं ५ का उल्लेख्य सङ्ख्यामा स्थानीय जनता, बुद्धिजीवी, समाजसेवीलगायत उपस्थिति थियो ।