१५ भाद्र २०८३, सोमबार
,
Latest
रसुवा बाढी अपडेटः हालसम्म ९३९ जनाको मृत्यु, करिव ४ हजार बेपत्ता रसुवा बाढीः सुरुङमा फसेका इन्जिनियरको उद्धारमा ढिलाइ भएको भन्दै इन्जिनियर्स एशोसिएशन आक्रोशित नेपाल सरकारबाट अन्तर्राष्ट्रिय हानी–नोक्शानी कोषलाई पत्राचारः आपतकालिन वित्त तत्काल उपलब्ध गराउन अनुरोध पोखरा बस व्यवसायी समितिद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोगको घोषणा प्रधानमन्त्री राहत कोषमा आइएमई ग्रुपको १० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह ताप्लेजुङ गोल्डकपः झापा-११ सेमिफाइनलमा प्रवेश समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

जात व्यवस्था विरोधी आन्दोलनले फुक्यो विद्रोहको बिगुल (फाेटाे फिचर)



अ+ अ-

काठमाडाैँ । जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, श्रृङ्खलावद्ध हत्या र ऐतिहासिक थिचोमिचो विरुद्ध काठमाडौंको माईतीघर मण्डलामा विद्रोह प्रतिरोधात्मक प्रदर्शन भएको छ ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल प्रथम राष्ट्रिय सम्मेलन आयोजक समितिको संयोजनमा भएको सो र्‍ यालीमा देशैभरबाट उत्पीडित नागरिक, बौद्धिक समुदाय र मानवअधिकारकर्मीहरू सहभागी छन् । यो ऐतिहासिक विद्रोह दिवसको घोषणा ६ वर्षपहिले प्रेम विवाहकै कारण रुकुम सोतीमा निर्मम र अमानवीय रूपमा मारिएका नवराज विक लगायत ६ जना युवाको सम्मान र न्याय खोज्ने प्रतिरोधको रूपमा गरिएको थियो । अन्तरजातीय प्रेमकै कारण ज्यान फाल्नुपर्ने यो देश कस्तो गणतन्त्र हो ? भन्दै र्‍ यालीमा सहभागी युवा अधिकारकर्मीहरूले आक्रोश पोखेका छन् ।

हाम्रो श्रम चल्ने, रगत र पसिना चल्ने तर हाम्रो छोराले छोरी मन पराउँदा खोलामा बगाइने बर्बर जातिवादी मानसिकताको अन्त्य विना लोकतन्त्र अधुरो छ लगायतका प्लकोर्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरूले भूमिहिन दलितहरूलाई खेतीयोग्य जमिनको व्यवस्था गर, दलित विद्यार्थीका निम्ति छात्रवृत्तिसहित निशुल्क शिक्षा सुनिश्चित गर र दलित हत्याकाण्डको न्यायिक छानविन गर्न उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर जस्ता सामरिक र नीतिगत मागहरू प्रश्तुत गरेका छन् । –न्युज एजेन्सी नेपाल




भर्खरै