४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन निकुञ्जका वन्यजन्तुलाई नहरको पानी



अ+ अ-

काठमाडौं । चितवन  निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ ।

गर्मी वढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको छ । टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो ।

योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज)का लागिसमेत पानी छोडिएको छ ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ । अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उहाँले बताउनुभयो ।

गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ । जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन् ।

हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ । नहर मर्मत गरी पानी छोडिएको हो । यस क्षेत्र गैँडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरुङ्गीको बासस्थान रहेको छ ।