४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राविधिक शिक्षा विस्तारमा सहकार्य हुन्छ : बेलायती मन्त्री मल्होत्रा



अ+ अ-

काठमाडाैँ । नेपालको तीन दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका ‘इण्डो प्यासिफिक’ र समानतासम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनुभएको छ ।

‘नेपाल–ब्रिटेन चेम्बर अफ कमर्श एण्ड इण्ड्रस्ट्रिज’द्वारा आज आयोजित ‘नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा’ विषयक उच्चस्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पुँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो ।

शिक्षामा पहुँच विस्तार र रोजगारीलाई महत्व दिँदै अर्थतन्त्रसँग शिक्षाको अन्तरसम्बन्धलाई जोड्नुपर्ने उहाँको भनाइ थियो । “बेलायतको एक अभिष्ट शैक्षिक विकास हो । कसरी शिक्षामार्फत युवालाई अवसर सृजनामा सहयोग गर्न सकिन्छ भनेर हामी सोचिरहेका छौँ ।,” उहाँले भन्नुभयो, “नेपालमा बेलायती सम्बन्धनप्राप्त कलेज र बेलायतमा नेपालबाट पढ्न गएका विद्यार्थीका माध्यमबाट दुई देशको शैक्षिक सहकार्य र सम्बन्ध झल्किएकै छ । शिक्षाका अन्य क्षेत्रमा नेपालको नयाँ सरकारका प्राथमिकताका आधारमा सहकार्य बढाउन हामी तयार छौँ ।”

मन्त्री मल्होत्राले भ्रमणका क्रममा अर्थमन्त्री डा स्वर्णीम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलगायसँग भेटवार्ता गर्नुभएको थियो । नेपालका लागि बेलायतका राजदूत रब फेनले दीगो लगानीका बहुक्षेत्रका विषयमा उहाँहरूबीच विमर्श भएको जानकारी दिनुभयो । बेलायत सरकारले दीर्घकालीन साझेदारीको सोचअन्तर्गत आधिकारिक विकास सहायता (ओडिए)मार्फत् अन्तरराष्ट्रिय विकासलाई समर्थन गर्दै आएको छ ।

कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालले विविधता, समतामूलक समावेशीता, प्राविधिक शिक्षा र अशल शासनजस्ता सवालमा नेपाल सरकारले वैदेशिक सहकार्य खोजेको बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का पूर्वसदस्यसचिव डा रामहरि लामिछानेले नेपालमा ‘सेक्टर स्किल काउन्सिल’ स्थापना, बेलायतको गुणस्तर मापन प्रणाली विकास र अनुसन्धानमूलक उच्चशिक्षामा सहयोग आवश्यक भएको बताउनुभयो ।

नेपाल शैक्षिक परामर्श व्यवसायी महासङ्घका महासचिव डा उद्धव खड्काले उच्चशिक्षा अध्ययनका लागि नेपालबाट गत आर्थिक वर्षका २३ हजार विद्यार्थी बेलायत गरेको जानकारी दिनुभयो । छलफलमा ‘सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट’का प्रबन्ध निर्देशक आभा शाह, जेम्स कलेजका प्रिन्सिपल जेडी भट्टलगायतले नेपाल र बेलायतको शैक्षिक सहकार्यबारे सुझाव दिनुभएको थियो ।