७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुक, ट्विटर चलाउन सरकारले दियो तालिम



अ+ अ-

विराटनगर । प्रदेशसभा सदस्यहलाई सञ्चारको प्रयोग र सञ्चारसँग जोडिएका सामाजिक सञ्जाल एवं ट्विटर प्रयोग गर्दा ध्यान दिनका लागि तालीम आयोजना गरिएको छ । इनोभेटिभ भिजनद्वारा आयोजित तथा संसद् सहयोग परियोजनाको सहयोगमा सञ्चालित दुईदिने सो तालीममा १८ प्रदेशसभाका सदस्यहरुको सहभागिता छ ।

प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले सञ्चार र सामाजिक सञ्जाल व्यक्तित्व विकासको सशक्त माध्यम भएकाले यसको प्रयोग होसियारीपूर्वक गर्नुपर्ने बताउनुभयो । उहाँले समाजलाई अग्रगति दिन सबैले सकारात्मक सोच बनाउनुपर्छ भन्दै पत्रकारिता पनि आग्रह वा पूर्वाग्रहबाट चल्नु हुँदैन भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेल, संसदीय पत्रकार मञ्चका अध्यक्ष गणेश लाम्साल, इनोभेटिभ भिजनका अध्यक्ष कृष्णप्रसाद सिग्देल र संसदीय पत्रकार मञ्चका उपाध्यक्ष बाबुराम भण्डारीले सञ्चारको गलत उपयोग भएमा मानिसको व्यक्तित्व नै धरापमा पर्न जाने भएकाले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।