१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता News Polar सीपलाई रोजगारीमा बदल्न ढिलाइ गर्न नहुनेः सभामुख अर्याल News Polar संसदमा नोटबन्दीको बहसः भ्रष्टाचारीको धन खरानी बनाउन ५०० र १००० का नोट बन्द गर्न माग News Polar उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखि सोविताको पार्थिव शरीर अस्पतालमै News Polar कर्णालीका सडक समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ : सांसद शाही News Polar अव्यवस्थित प्राकृतिक स्रोतका कारण तराई–मधेसमा बाढीको जोखिम बढ्यो : सांसद झा News Polar ८० प्रतिशत ऊर्जा खपत तापीय क्षेत्रमा, स्वच्छ ऊर्जामा रूपान्तरण आवश्यक : वैकल्पिक ऊर्जा केन्द्र News Polar बागलुङ र म्याग्दीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सांसद शर्माको माग News Polar हिमपहिरोमा बेपत्ताको खोजीदेखि पोल्याण्डमा नेपाली श्रमिकको बैंक खाता नखुलेसम्म, सरकारको ध्यानाकर्षण News Polar ७२ घण्टादेखि राज्यको सम्पर्कबाट मुस्ताङ लगभग विच्छेद, सांसद थकालीद्वारा सरकारको ध्यानाकर्षण

प्रधानमन्त्रीले किन मन पराएनन् अर्याल र भट्टराई ?

प्रधानमन्त्रीले किन मन पराएनन् अर्याल र भट्टराई ?
अ अ+ अ-

काठमाडौं । कुन्दन अर्याल शुरुदेखि नै प्रधानमन्त्री केपी शर्मा ओलीले नरुचाएका मानिस हुन् । तर उनलाई यो पदमा नियुक्तिका लागि मानवअधिकारवादीहरु सुशिल, सुवोध प्याकुरेलको बढी जोड थियो । किनभने उनी प्याकुरेलहरुका भान्जा हुन् । प्रधानमन्त्रीले यसअघि पनि नेपाल टेलिभिजनको अध्यक्ष र अरु पनि सरकारी सञ्चारमाध्यमहरुमा नियुक्ति खाइसकेको कारण प्रधानमन्त्रीले पनि अनिच्छा देखाएका थिए । तर अन्तिममा मन नलागी नलागी आफ्नो सञ्चार सल्लाहकारमा नियुक्ति दिन बाध्य भएका थिए ।

प्रधानमन्त्री ओलीले नरुचाएका अर्का व्यक्ति हुन् राजन भट्टराई । यसै कारणले पनि भट्टराईलाई प्रधानमन्त्री आफू प्रधानमन्त्री भएको करिब वर्षदिनपछि मात्र नियुक्त गरेका हुन् । अनि नियुक्त भएको लामो समयसम्म पनि उनलाई प्रधानमन्त्री कार्यालयमै बस्ने कोठा उपलब्ध थिएन । यता यस्तो अवस्था रहँदा अर्याललाई प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयमा नै राख्न मानेनन् । अहिले उनी अर्कै भवनमा छन् । बरु अरु कार्यकर्ताहरुले दिनहूँ प्रधानमन्त्रीलाई भेट्न पाउँछन् तर अर्यालले पाउँदैनथे । उनीसँग सञ्चारका विषयमा प्रधानमन्त्रीले सल्लाह लिने या दिने काम प्राय हुदैनथ्यो । प्रधानमन्त्री उनलाई मन पराउँदैनथे ।

प्रधानमन्त्री हालैमात्र उपचारका लागि ग्रान्डी अस्पताल भर्ना हुँदा त्यसको समाचार अर्यालले हतार गरी दिएका थिए । उनले प्रधानमन्त्री उपचारका लागि ग्रान्डी अस्पताल भर्ना भएका भनेर ट्वीट गरेका थिए । उनको सो ट्वीटबाट नै देशभरिका अनलाइन मिडियाले समाचार बनाएका थिए । तर पनि बालुवाटार त्यो समाचार सार्वजनिक गर्न चाहँदैनथ्यो । मिर्गाैला डायलासिस गरेर फर्केपछि प्रधानमन्त्री नियमित स्वास्थ्य जाँच गरी फिर्ता भएको भनी विज्ञप्तिमार्फत जानकारी गराउने पक्षमा प्रमुख सल्लाहकार विष्णु रिमाल थिए । तर देशका अनलाइन खबरहरुमा अर्याल छाएपछि रिमालले पनि फोन गरेर उनलाई हप्काएका थिए । पहिलो दिन डायलासिस गराएपछि आराम गरेर उठेका प्रधानमन्त्री ओलीले पनि अर्यालको समाचार देखेर चकित परेका थिए ।

यसअघि पनि सिंगापुरमा उपचाररत प्रधानमन्त्रीको समाचार यहाँ डा.अर्यालले विचारै नगरी सार्वजनिक गर्दा पनि प्रधानमन्त्री रिसाएका थिए । अर्यालले देशका सञ्चारमाध्यमहरुसँग राम्रो सम्बन्ध बनाइदिन नसकेको गुनासो प्रधानमन्त्रीको थियो । त्यसका लागि उनले खासै प्रयास पनि गर्दैनथे । उनी कार्यालयमा बसेर आफ्नो व्यक्तिगत काम गर्ने, आरआरका विद्यार्थीहरुलाई बोलाएर चिया खाएर गफ्फिने गरेको गुनासो सचिवालयका एक सदस्यले विष्णु रिमाललाई सुनाइरहने गर्दथे । डा. अर्यालले सरकार या प्रधानमन्त्रीको राम्रोका लागि भन्दा पनि आफू प्रचारमा आउने गरी मिडियामा आउने गरेका गुनासाहरु सचिवालयका सदस्यहरु नै गर्ने गर्दथे ।

त्यसैगरी प्रधानमन्त्रीले मन नपराएका अर्का पात्र हुन् विदेश मामिलासम्बन्धी सल्लाहकार राजन भट्टराई । उनले दिनुपर्ने समाचारको प्रचार गर्न नसक्ने तर नदिनुपर्ने खबर मिडियालाई दिएर अप्ठेरोमा पार्ने गरेका थिए । चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने कुरा परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्नु अगावै उनले रिपोर्टस् क्लबमा पुगेर सार्वजनिक गरेका थिए । उनले यसो गरेपछि परराष्ट्र सचिव संकरदाश बैरागीले प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । भट्ट।ाई आफूले भारतबाट पिएचडी गरेको र आफूलाई सबै थाहा भएको भन्दै कूटनीतिक विषयका संवेदनशिल सूचनाहरु पनि नलुकाई आफूलाई दिन परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई दबाब दिने गर्दछन् । यो कुरा परराष्ट्र मन्त्रालयका कसैलाई पनि मन परेको छैन । प्रधानमन्त्री स्वयं पनि भट्टराईले गोप्य सूचना बाहिर लाने गरेको भनी उनको संका गर्ने गर्दथे । त्यसैले पनि सिको नेपाल भ्रमणका समयमा सबै स्थानमा उनलाई पहूँच दिइएको थिएन । यसरी यी दुई जना व्यक्तिबाट रिसाएका प्रधानमन्त्रीलाई उनीहरुलाई मात्र निकाल्दा राम्रो नहुने भएपछि सचिवालयका सबै सदस्यलाई राजिनामा दिन भनेका हुन् ।

धेरैले विष्णु रिमालप्रति पार्टी र बाहिरबाट पनि आलोचना भएपछि प्रधानमन्त्रीले उनलाई निकाल्न सबैको राजीनामा मागेको अड्कल गरेपनि वास्तविकता भने त्यस्तो होइन । उनलाई प्रधानमन्त्रीले अब खाली हुन लागेको राष्ट्रिय सभाको सदस्यमा लाने तयारी गरेको भित्री तयारी गरेका छन् । त्यसपछि उनलाई मन्त्री बनाउने तयारी उनको छ । रिमालको ठाउँमा भने परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई लाने उनको तयारी छ । समाचार स्रोत भन्छ डा.अर्याल र भट्टराई बाहेकका अरु सबै सचिवालय सदस्यहरुलाई प्रधानमन्त्रीले पुन: नियुक्ति गर्नेछन् । उनीहरुले आफ्नो पिएचडीको घमण्ड देखाएर प्रधानमन्त्रीको सचिवालयका सबै सदस्य र ती कार्यालयका कर्मचारीहरुलाई नै अनावश्यक बखेडा झिक्ने गरेका उनीहरुको भनाई छ ।