२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुवामा संलग्न भएको अभियोग लागेका सेनानीमाथि प्रहरी अनुसन्धान



अ+ अ-

काठमाडौं । सेनानी राजेन्द्र शाहीलाई अनुसन्धानका लागि प्रहरी समक्ष उपस्थित गराइएको छ । काठमाडौँ जिल्ला टोखा नगरपालिका–१० सामाखुशीस्थित खरीबोट इलाकाबाट यही कात्तिक १५ गते जुवामा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका थिए ।

नेपाल प्रहरीले पक्राउ गरी सैनिक प्रहरी गण, जङ्गी अड्डामा बुझाइएका सेनानी शाहीलाई अनुसन्धानका लागि आज महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा उपस्थित गराइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कानूनको बर्खिलाप गर्ने जो कसैलाई कारवाहीको दायरामा ल्याउने सङ्गठनको स्पष्ट नीति रहेको जनाउँदै सेनाले सङ्गठनमा पुरस्कार र दण्ड सजायसम्बन्धी निर्देशिका लागू गरेको छ ।

गैरकानूनी कार्यमा संलग्न सैनिक व्यक्तिहरु उपर सैनिक ऐनबमोजिम कारवाही गरिने जनाउँदै सेनाले अनुसन्धानका लागि प्रहरी प्रशासनबाट उपस्थित गराइदिन अनुरोध भइआएमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पठाउने गरेको बताएको छ ।