११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

टीकापुरमा गोबरबाट सजावटका सामग्री बनाउन तालिम

टीकापुरमा गोबरबाट सजावटका सामग्री बनाउन तालिम
अ अ+ अ-

काठमाडौ ।टीकापुरको गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक तालिम टीकापुरमा सुरु भएको छ । टीकापुर नगरपालिकाको सहयोगमा सामुदायिक पशु–चौपाया व्यवस्थापन तथा प्रवद्र्धन समितिले नौदिने तालिम आयोजना गरेको हो । तालिममा ५० जना स्थानीय महिला सहभागी छन् ।

तालिम शुभारम्भ गर्दै प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले गोबरको प्रयोग गरी आर्थिक आत्मनिर्भर हुनाका साथै महिलालाई घरमै बसेर आयआर्जन गर्ने माध्यम बन्ने भएकाले तालिम उपयोगी हुने बताउनुभयो । गाई संरक्षण गरी आयर्जनका कार्य पनि गर्न थालेकामा गौशाला व्यवस्थापन समितिलाई धन्यवाद दिनुभयो ।

“गोबरबाट जैविक मल, बायोग्यास, गुइँठा, कम्पोष्ट मल बनाउने काम गरिरहनु भएको थियो”, उहाँले भन्नुभयो, “आउँदा दिनमा वातावरणमैत्री गोबरका गमला, विभिन्न सजावटका सामग्री, देवी देवताका मन्दिर, धुपबत्ती, अगरबत्ती, दियो जस्ता सामग्री बनाएर आम्दानी लिने उपाय राम्रो छ ।” सांसद ज्ञवालीले बस्तुभाउका समेत संरक्षण हुने र महिलालाई आयआर्जनसँग जोड्न मद्दत पुग्ने भएकाले सीप राम्ररी सिक्न सुझाव दिनुभयो । सुदूरपश्चिम प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले भन्नुभयो, “गौशालाको विकासका लागि आगामी आर्थिक वर्षमा प्रदेश सरकारबाट बजेटको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । गौ संरक्षण र महिलालाई स्वरोजगार बनाउने प्रयासमा मेरो साथ रहनेछ ।”

कार्यक्रमका प्रशिक्षक एकता मेहताले स्थानीय स्तरमै पाइने गोबरको प्रयोगले विभिन्न सामग्री निर्माण गरी पुरातन संस्कृतिको संरक्षणका साथै महिला सशक्तिकरणमा ठूलो योगदान दिन सकिने बताउनुभयो । टीकापुर नगरपालिकाका लेखाअधिकृत लक्ष्मी ओडले पालिकाको नीति कार्यक्रममा वातावरण संरक्षण, सांस्कृतिक संरक्षण, सामाजिक विकास जस्ता कुरा समेटिएकाले स्थानीय सरकारले स्थानीय स्रोतको प्रयोग गरी वातावरण संरक्षणमा समेत सहयोग पुग्ने भएकाले यो तालिम उपयोगी ठानेर सहयोग गरेको बताउनुभयो ।

गौशाला व्यवस्थापन समितिका अध्यक्ष उत्तमकुमार शाहले उत्पादन उत्पादन र बजारीकरणका लागि सजावट राम्रो दिन सकियोस् भनी विशिष्टकृत खालको तालिम आयोजना गरिएको बताउनुभयो । “यसअघि पनि हामीले ४० महिलालाई आधारभूत तालिम दिएका थियौँ, धुप बनाउन, दियो, शुभलाभ, विभिन्न मन्दिर बनाउन सिकाएका छौँ”, उहाँ भन्नुहुन्छ, “यस पटक थप सीप सिकाउन तालिम गरिएको हो । बजारीकरणका लागि आकर्षण सामग्री बनाउन यस पटक सिक्नेछन् ।” तालिम सहजीकरण गर्न भारतको इन्दोरबाट प्रशिक्षक बोलाइएको छ ।