काठमाडौँ । नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठक आज पनि बस्दैछ ।
शुक्रबारबाट सुरु भएको बैठकमा पाँच उपाध्यक्ष र महासचिब , तथा उपमहासचिबहरुले आफ्नो भनाई राखिसक्नु भएको छ ।
आजको बैठकमा चार सचिवले आफ्नो धारणा राख्नुहुने जनाईएको छ । शुक्रबार र सनिबारको बैठकमा बहुसंख्यक नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।
नेतृत्वको वरियता र कार्यविभाजनको एजेन्डा सहित सुरु भएको बैठकमा अध्यक्षका कारण पार्टी कठिन अबस्थामा पुगेको भन्दै राजिनामा दिन ओलीलाई राजिनामा दिन सुझाब दिएका छन् । आज अध्यक्ष ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका छ ।











