१६ भाद्र २०८३, मंगलवार
,
Latest
चीनको केरुङमा पहिरोमा ज्यान गुमाउनेहरूको स्मृतिमा शोक सभा आयोजना रसुवा बाढीः सुरुङ र पावरहाउसमा फसेकाको उद्धारमा सरकारले प्राथमिकता नदिएको आफन्तको गुनासो अस्टिनमा शोकसभा एवं दीप प्रज्वलन भोटेकोशी बाढीले ट्रक–कन्टेनर क्षेत्रमा पुर्‍याएको क्षति बुझ्न टोली रसुवा प्रस्थान भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण पहिचान हुन नसकेका शव व्यवस्थापन गरिँदै विश्वभरबाट सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने भोटेकोशी बाढीबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दै प्रेस काउन्सिलकै अनुगमन रिपोर्ट भन्छ— संञ्चारकर्मीले झन् दु:ख दिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बागमती प्रदेशले प्रविधिसँगै गुणस्तरीय शिक्षालाई जोड दिएको छ’



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

ललितपुर। बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले प्रविधिसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति ललितपुरद्वारा आज यहाँ आयोजित एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उहाँले आगामी बजेटमा प्रविधिसँगसँगै नैतिकता, अनुशासन र मर्यादासँग जोडिएको नैतिक शिक्षालाई अगाडि बढाउने तयारी गरिएको जानकारी दिनुभयो ।

“योग, ध्यान, प्राणायाम, साधना नैतिकताले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि मनस्थिति अनुकूल बनाएर बाँच्न सक्छ र सिक्छ, हाम्रो परम्पराले दिएको संस्कार र संस्कृतिको अवलम्बनले कठिन समयमा बलियो र सरल मान्छे बन्छ,” उहाँले भन्नुभयो ।

मुख्यमन्त्री बानियाँले अबको शिक्षण पद्धति प्रविधिमैत्री हुँदै नेपाल र नेपालीलाई समृद्धितर्फ अगाडि बढाउनु छ भन्दै निजी विद्यालयहरूले पनि प्रविधिमैत्रीका साथसाथै नैतिक शिक्षालाई जोड दिनुपर्नेमा जोड दिनुभयो ।

मिहिनेत, अनुशासन र गुणस्तरीय शिक्षाले नै विद्यार्थीलाई सफलताको शिखरसम्म पुर्‍याउने भन्दै उहाँले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई बधाई दिँदै शिक्षा क्षेत्रको गुणस्तर सुधारमा निजी विद्यालयहरूको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री बानियाँले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कारसहित सम्मान गर्नुभयो । रासस