२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी सेना प्रमुख मुनिरबीच भेटवार्ता



अ+ अ-

तेहरान। इरानका विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनिरबिच मध्यपूर्वको अवस्थाबारे शनिबार महत्वपूर्ण वार्ता भएको बताइएको छ ।

दुई नेताबिच क्षेत्रीय सुरक्षा, इरान सङ्कट र तनाव कम गर्न कुटनीतिक प्रयासबारे शुक्रबार राति छलफल भएको बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्थायी शान्तिका लागि गरिएका प्रयास सफल हुन नसके आक्रमण गर्ने चेतावनीका बिच इरानी विदेशमन्त्री अराघची र पाकिस्तानी जनरल मुनिरबिच भएको बैठकलाई पश्चिम एसिया तनाव कम गर्ने जारी अन्तिम प्रयास मानिएको छ ।

शुक्रबार राति अबेरसम्म दुई नेताबिच भएको वार्तामा मध्यपूर्वको सुरक्षा अवस्था, इरान द्वन्द्व र क्षेत्रीय स्थायित्वका विषयमा विस्तृत छलफल भएको बताइएको छ ।

बैठकमा यस क्षेत्रमा तनाव बढ्न नदिन चलिरहेको कूटनीतिक प्रयास र नयाँ पहलबारे पनि छलफल भएको इरानी समाचार एजेन्सी तस्निमले जनाएको छ । दुवै पक्षले पश्चिम एसियामा सुरक्षा र स्थिरता कायम गर्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । पाकिस्तानले विगतमा पनि यस्ता छलफलसँग मेलमिलाप गर्ने प्रयास गरे पनि त्यसको कुनै परिणाम निस्कन सकेको छैन ।

यसैबिच, संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले कुनै पनि देशको सार्वभौमिकताविरुद्ध बल प्रयोगको विरोध गर्दै यस क्षेत्रमा स्थिरता बहाल गर्न कूटनीतिको आह्वान गर्नुभएको छ । अर्कोतर्फ अमेरिकी ट्रम्पको प्रशासनले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी गरिरहेको बताएको छ ।

सीबीएस न्यूजको रिपोर्टका अनुसार ट्रम्प प्रशासनले सम्भावित सैन्य कारबाहीका लागि रणनीति तयार गरिरहेको छ तर यसबारे अन्तिम निर्णय भने भइसकेको छैन । रासस/एएफपी