१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना

पश्चिम नेपालका छ जिल्लामा अत्यधिक गर्मीको सम्भावना
अ अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि सोमबारसम्म पश्चिम तराईका जिल्लामा अत्यधिक गर्मी र तातो हावाको लहर चल्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा तीन दिनसम्म अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी भई अत्यधिक गर्मी हुने सम्भावना रहेको प्राधिकरणद्वारा आज जारी सूचनामा जनाइएको छ । ती प्रदेशको तराईका भू-भागमा मध्यम तातो लहरको सम्भावना रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई सतर्कता तथा यस्तै कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पा, प्युठान, रोल्पा, सल्यान, सुर्खेत, अछाम, डडेलधुरा र बैतडीलाई अद्यावधिक रहनुपर्ने जिल्लाको सूचीमा राखेको छ ।

अत्यधिक गर्मी र तातो हावाको लहरका कारण मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीरसम्म असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ । प्राधिकरणले विपद् सम्बद्ध सबै निकायलाई आवश्यक पूर्वतयारी र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागद्वारा शुक्रबार जारी तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिनमा जेठ ६ गतेदेखि तराई केही भू-भागमा तापक्रम तीव्र रूपमा बढेको जनाइएको छ । अत्यधिक गर्मीका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांशपेसीहरु दुख्ने, बान्ता हुनेलगायत स्वास्थ्य समस्या देखिनसक्ने चिकित्सकको भनाइ छ ।

तातो हावाको लहरबाट बच्न चर्को घाम लागेका बेला वा दिउँसोको समयमा सकभर घरभित्रै बस्न, बाहिर निस्कनै परे छाटा ओढ्न वा पातलो कपडाले टाउको ढाक्न प्राधिकरणले आग्रह गरेको छ । यस्तै खुकुलो, शीलत हुने हल्का रङको कपडा लगाउने, पानी धेरै पिउने, बेलाबेलामा चिसो पानीले नुहाउने, धेरै चिनी नहालेको सर्वत, कागती पानी र फलफूल खाने, धेरै पसिना आएमा जीवनजल पिउन प्राधिकरणले अनुरोध गरेको छ ।

घरमै बनाएको ताजा खानेकुरा खान, सकेसम्म पत्रु खाना (जङ्क फुड) नखान, खेतबारीमा वा बाहिर काम गर्दा बिहान गर्मी बढ्नुअघि वा दिउँसो शीतल फर्केपछि मात्रै गर्न, बालबालिकालाई चर्को घाममा खेल्न जान नदिन प्राधिकरणद्वारा आज जारी सतर्कतासम्बन्धी सूचनामा उल्लेख छ । रासस