१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी

रास्वपाले नेपाली जनतालाई निराश हुन दिँदैन : महामन्त्री बुर्लाकोटी
फाइल फोटो
अ अ+ अ-

पर्वत। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीले जनतालाई निराश हुन नदिने बताउनुभएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले नागरिकले चाहेजस्तो शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासनका क्षेत्रमा सरकारले प्रभावकारी काम भइरहेको बताउनुभयो ।

महामन्त्री बुर्लाकोटीले देशमा भएका बेतिथि र विसङ्गतिको जालाहरू तोड्नका लागि नेपाली जनताले पार्टीलाई करिब दुईतिहाइको बहुमत दिएर सरकारमा पठाएको बताउँदै विपक्षी दलहरूले जतिसुकै विरोध गरे पनि त्यस्ता जालाहरू तोडेरै छाड्ने बताउनुभयो ।

उहाँले जनताको निराशालाई आशामा बदल्न काम नै गरेर देखाउनुपर्ने बताउँदै सोही कारणले संसद्मा प्रधानमन्त्री आउन नभ्याउनुभएको बताउनुभयो । काम गर्ने बेलामा फोन उठाएर र संसद्मा बोलेर नतिजा दिन नसकिने बताउँदै महासचिव बुर्लाकोटीले काम नै गरेर देखाउने भएकाले कम्तीमा छ महिना पर्खेर हेरिदिन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य सागर भुसालले समग्र पर्वत जिल्लाको विकास र समृद्धिका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो ।

उहाँले आफूले पालिका सचिवालय सदस्यहरू नियुक्तिको विषयमा आलोचना भए पनि सहजतासहितको कार्यसम्पादनका लागि गठन गरिएको दाबी गर्दै आजैबाट विघटन गरेको घोषणासमेत गर्नुभयो । रासस