१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

अपराध अनुसन्धान प्रणालीलाई आधुनिक र वैज्ञानिक शैलीमा रुपान्तरण गर्न आवश्यकः प्रहरी महानिरीक्षक कार्की

अपराध अनुसन्धान प्रणालीलाई आधुनिक र वैज्ञानिक शैलीमा रुपान्तरण गर्न आवश्यकः प्रहरी महानिरीक्षक कार्की
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध अनुसन्धान प्रणालीलाई आधुनिक र वैज्ञानिक शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै भेन्टिलेसन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधिमैत्री बनाउन आफूहरु क्रियाशील रहेको पनि बताउनु भयो ।

उहाँले गत भदौ अन्तिम साताको जेनजी पुस्ताको आन्दोलनको क्रममा फरार भएका साढे १४ हजार कैदीबन्दी मध्ये अझै चार हजार कैदीबन्दी फरार रहेको जानकारी समेत गराउनु भयो । फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको समेत कार्कीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी अनुसन्धानमा सुधारका कामहरु जति छन् ती सर्बै पर्याप्त छैनन् । कैदीबन्दीहरुको पनि पुराना जमानाको जस्तो परिस्थिति छैन । नेपालको कारागार र हिरासतमा रहेका कैदीको मानव अधिकारको कुरा पनि गम्भीर रुपमा लिनुपर्छ । हामीले प्रहरी अनुसन्धान पनि परम्पराबाट आधुनिक शैलीमा जानुपर्ने अवस्था छ ।’

बैठकमा बोल्ने सांसदहरुले कारागार तथा प्रहरी हिरासतको अवस्था सुधार गर्नुपर्नेमा जोड दिनुभयो । हिरासतभित्र हुने मृत्यु तथा मानव अधिकार उल्लङ्घनका घटनाका विषयमा सरकारको ध्यानाकर्षण समेत गराए । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणी न्यौपानेले थुनुवाको मानव अधिकार हननका विषय बढ्दै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकषण गराउनु भयो । उहाँले कारागारमार्फत समेत अपहरण हुन थालेको भन्दै यसले हामीलाई कहाँ पुर्याउँछ ? भन्लै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘ कानून व्यवसायी भेट्न जाँदा अन्य समय दिइदैन । रातको १२ बजे समाते पनि भेट्न पाउने व्यवस्था संविधानमा छ । तर कार्यान्वयन गरिएको छैन । हामी कहाँ कारागारबाट फिरौती असुल हुन थालेको छ । यसतर्फ ध्यानाकर्षण होस् ।’

बैठकमा बोल्दै सांसद स्मृति सेन्चुरीले कारागारमा क्षमाताभन्दा बढी कैदीबन्दीको कारण रोग तथा संक्रमणको जोखिम बढेकोप्रति सरकारको ध्यानाकर्षण गराउनु भयो । कैदीहरुको मृत्युदर चिन्ताजनक रहेको उल्लेख गर्दै उहाँले कैदीबन्दीको मानव अधिकारमा ध्यान दिन समेत सरोकारवाला पक्षको ध्यानाकर्षण गराउनु भयो ।

बैठकमा बोल्ने अधिकांश सांसदहरुले क्षमता भन्दा बढी कैदी बन्दी राख्दा धेरै समस्या उत्पन्न भइरहेको, हिरासतभित्र आर्थिक अवस्था र हैसियतका आधारमा विभेद हुने गरेकोको बारे सरकारको ध्यानाकर्षण गराउनु भयो ।–न्युज एजेन्सी नेपाल