१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

घरेलु मैदानमा लिग–२ को सुखद् अन्त्यः शिर्ष टोलीविरुद्धको जितले टोलीको स्तर प्रमाणित गरेको कप्तान रोहितको भनाइ

घरेलु मैदानमा लिग–२ को सुखद् अन्त्यः शिर्ष टोलीविरुद्धको जितले टोलीको स्तर प्रमाणित गरेको कप्तान रोहितको भनाइ
अ अ+ अ-

काठमाडौँ। आइसिसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा सम्पन्न श्रृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले सुखद् अन्त्य गरेको छ ।

श्रृङ्खलाको अन्तिम खेलमा बलियो प्रतिद्वन्द्वी अमेरिकामाथि सहज जित हात पारेपछि कप्तान रोहित पौडेलले नेपाली टोलीको वर्तमान प्रदर्शनले नेपालको बढ्दो क्रिकेट स्तरलाई प्रतिबिम्बित गरेको बताएका छन् ।

घरेलु मैदानमा सम्पन्न स्कटल्यान्ड र अमेरिकासँगको श्रृङ्खलाबारे प्रतिक्रिया दिँदै कप्तान पौडेलले दुवै टोली बलियो भएपनि नेपालले उच्चस्तरको क्रिकेट खेलेको दाबी गरे ।

कप्तान पौडेलले पछिल्लो समय टोलीको ब्याटिङ र बलिङ दुवै विभागमा सन्तुलित प्रदर्शन भइरहेको बताए । अघिल्ला श्रृङ्खलाहरूमा शीर्ष क्रमका ब्याटरहरूले अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको स्मरण गर्दै उनले यस पटक शीर्ष चार ब्याटरको योगदान महत्वपूर्ण रहेको उल्लेख गरे ।

टोलीमा आएको परिवर्तन र रणनीतिका बारेमा बोल्दै रोहितले माथिल्लो क्रममा बायाँ हाते ब्याटरको आवश्यकता इशान पाण्डेले पूरा गरेको बताए ।

बायाँ हाते ब्याटर हुँदा विपक्षीको ‘लेफ्ट आर्म स्पिन’लाई निस्तेज पार्न र ‘राइट–लेफ्ट’ कम्बिनेसन मिलाउन सहज भएको उनको विश्लेषण छ । लामो समयको प्रतीक्षापछि टोलीमा फर्किएका इशानले आफूलाई प्रमाणित गरेकोमा कप्तानले खुशी व्यक्त गरे ।

व्यक्तिगत फर्मका बारेमा सोधिएको प्रश्नमा कप्तान पौडेलले रन बनाउन पाउँदा राहत महशुस भएको बताए । लिग–२ को तालिकामा शिर्ष चारभित्र पर्ने सम्भावनाबारे कप्तान पौडेल निकै आशावादी देखिएका छन् । पछिल्ला ८ खेलमध्ये ६ खेलमा जित निकाल्नुले टोलीको मनोबल उच्च रहेको उनको भनाइ छ । यद्यपि, आगामी नेदरल्यान्ड्स र ओमान भ्रमण चुनौतीपूर्ण हुने उनले स्वीकार गरे ।

आजको खेलमा टस हारेर पहिले ब्याटिङ गर्नुपरे पनि कीर्तिपुरको मैदानमा पछिल्लो समय पहिले ब्याटिङ गर्ने टोलीलाई फाइदा पुगिरहेकाले रणनीतिक रूपमा नेपाल सफल भएको कप्तानको निष्कर्ष छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका बायाँहाते ब्याटर इशान पाण्डेले लामो समयको प्रतिक्षा र मेहनतपछि राष्ट्रिय टोलीमा सफल पुनरागमन गरेका छन् ।

घरेलु क्रिकेटमा निरन्तरको प्रदर्शनपछि टोलीमा स्थान बनाएका पाण्डेले पछिल्ला खेलहरूमा नेपालको जितमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

आफ्नो पुनरागमन र हालैको प्रदर्शनबारे बोल्दै पाण्डेले यसलाई बीउ उम्रिएर फूल फुल्न थालेको अवस्थाका रूपमा चित्रण गरेका छन् । लामो समयदेखि राष्ट्रिय टोलीबाट कल अपको अपेक्षा गरिरहेका उनले यस पटक व्यक्तिगत प्रदर्शनभन्दा पनि टोलीको जितमा योगदान पु¥याउनुलाई आफ्नो मुख्य लक्ष्य बनाएको बताए । प्रशिक्षक र व्यवस्थापनले आफूलाई स्पष्ट जिम्मेवारी दिएको पाण्डेले जानकारी दिए ।

टोलीका प्रारम्भिक ब्याटरहरू कुशल भुर्तेल र आसिफ शेखले आक्रामक शुरुवात गरिदिँदा आफू र रोहित पौडेल जस्ता ब्याटरहरूलाई इनिङ्स अगाडि बढाउन सहज हुने उनको अनुभव छ । विशेष गरी अमेरिकी टोलीको ब्याटिङ गहिराइलाई मध्यनजर गर्दै २६० देखि २७० रनको लक्ष्य तय गरिएको र सोही अनुरूप ब्याटिङ अगाडि बढाइएको उनले बताए ।

टोलीमा बायाँहाते ब्याटरको उपस्थितिले रणनीतिक रूपमा मद्दत पुग्ने विश्वास व्यक्त गर्दै पाण्डेले आफू सधैं टोलीको आवश्यकता पूरा गर्न तयार रहेको बताए । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जर्सी लगाउनु आफैँमा चुनौतीपूर्ण रहेको र यसले जिम्मेवारीको छुट्टै बोध गराउने उल्लेख गरे ।

नयाँ खेलाडीहरूका लागि घरेलु क्रिकेटको महत्वबारे चर्चा गर्दै उनले रन बनाउनु मात्र पर्याप्त नभई टोलीलाई जिताउन सक्ने क्षमता विकास गर्नु अनिवार्य रहेको बताए ।

पाण्डेका अनुसार नेपाल टोलीको ढोका त्यस्ता खेलाडीका लागि सधैं खुला रहन्छ, जसले टोलीको जितका लागि निर्णायक भूमिका खेल्न सक्छन् ।

पाण्डेको पुनरागमनपछि नेपालले लगातार तीन खेलमा जित हासिल गरेको छ । जसलाई उनले आफ्नो व्यक्तिगत सफलताभन्दा पनि टोलीको सामूहिक उपलब्धि र सुखद् संयोगका रूपमा लिएका छन् ।–न्युज एजेन्सी नेपाल