२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सचिवालय बैठकः निर्वाचन र पार्टीको समग्र समीक्षा शुरु, शनिवार फेरि बस्ने



अ+ अ-

काठमाडौँ। नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र साङ्गठनिक अवस्था र गत निर्वाचनको समीक्षा शुरु भएको छ ।

शुक्रवार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताहरूले पार्टीको आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणका विषयमा धारणा राख्नुभएको हो ।

बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै पार्टीका उपमहासचिव लेखराज भट्टले शुक्रवारको बैठकमा पाँच जना उपाध्यक्षहरूले आफ्नो विचार प्रश्तुत गरेको जानकारी दिनुभयो ।

उहाँकाअनुसार बैठक मुख्यतया पार्टीको समग्र अवस्था र निर्वाचनको समीक्षामा केन्द्रित रहेको छ । निर्वाचनको समीक्षालाई दुईवटा पाटोबाट विश्लेषण गरेर अगाडि बढ्ने पार्टीको तयारी छ ।

उपमहासचिव भट्टले कार्यविभाजनको विषयमा आजको बैठकमा प्रवेश नभएको स्पष्ट पार्नुभयो । बैठकमा अध्यक्ष ओलीले छलफलका क्रममा आएका विषयहरूमा सहजीकरण गर्नुभएको थियो । नेताहरूले निकै खुलेर र गम्भीरतापूर्वक आफ्ना विचारहरू प्रश्तुत गरिरहेको भट्टले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कार्यविभाजनको प्रश्तावमाथि आउने सुझावका आधारमा आवश्यक परे परिमार्जन वा संशोधन गरेर जान सकिनेछ । यो विषय एजेन्डाका रूपमा आएपछि हामी आफ्ना कुराहरू राख्नेछौँ ।’

सचिवालयका बाँकी १२ जना सदस्यहरूले भोलिको बैठकमा आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ । अर्को बैठक शनिवार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्ने गरी स्थगित भएको छ । –न्युज एजेन्सी नेपाल