११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

होन्डुरसमा नरसंहार, १९ को मृत्यु

होन्डुरसमा नरसंहार, १९ को मृत्यु
अ अ+ अ-

काठमाडौं । उत्तरी होन्डुरसको अशान्त बाजो अगुआन क्षेत्रमा रहेको पाम बगानमा भएको भीषण सामूहिक हत्यामा कम्तीमा १९ जनाको मृत्यु भएपछि देश फेरि सङ्गठित अपराध र गिरोह हिंसाको चपेटामा परेको छ । प्रतिद्वन्द्वी सशस्त्र समूहबीच पाम बगान र लागुऔषध तस्करी मार्गको नियन्त्रणलाई लिएर चर्किएको द्वन्द्वबीच भएको यो नरसंहारले होन्डुरसको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ ।

अधिकारीहरूका अनुसार हत्या बुधबार राति रिगोर्स क्षेत्रमा भएको थियो । उक्त क्षेत्र लामो समयदेखि लागुऔषध तस्कर समूह, सशस्त्र गिरोह र भूमि नियन्त्रणको हिंसात्मक सङ्घर्षका कारण तनावग्रस्त मानिन्छ । स्थानीय बासिन्दाहरूले रातभरि निरन्तर गोलीबारीको आवाज सुनेको बताएका छन् ।

होन्डुरसको राष्ट्रिय विधायिकाले देशमा बढ्दो आपराधिक हिंसा नियन्त्रण गर्न कडा सुरक्षा सुधारहरू पारित गरेलगत्तै यो घटना सार्वजनिक भएको हो । नयाँ कानूनी व्यवस्थाअन्तर्गत सेनालाई सार्वजनिक सुरक्षासम्बन्धी कार्यमा प्रत्यक्ष सहभागी गराउने तथा सङ्गठित अपराध नियन्त्रणका लागि नयाँ विशेष एकाइ गठन गर्ने अधिकार दिइएको छ ।

साथै गिरोह र लागुऔषध कार्टेललाई आतङ्कवादी समूहका रूपमा वर्गीकृत गर्ने बाटो पनि खुला गरिएको छ । होन्डुरसका नयाँ कन्जरभेटिभ राष्ट्रपति नास्री असफुराले ल्याटिन अमेरिकामा सङ्गठित अपराधविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि बढाएको कडा सुरक्षा अभियानसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबारकै अर्को हिंसात्मक घटनामा ग्वाटेमालाको सीमाक्षेत्र नजिक एक विशेष गिरोहविरोधी टोलीले लागुऔषध तस्करको घरमा छापा मार्ने प्रयास गर्दा भीषण गोली हानाहान भएको थियो । त्यस क्रममा चार सुरक्षाकर्मी र एक सर्वसाधारणको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । स्थानीय प्रहरीका अनुसार घटनास्थलबाट सबै शव अझै निकाल्न नसकिएकाले मृतकको सङ्ख्या अझ बढ्न सक्ने आशङ्का गरिएको छ ।

अगुआन उपत्यकामा मारिएका अधिकांश व्यक्ति पाम बगानमा काम गर्ने किसान रहेको स्थानीय ग्रामीण समूहका एक नेताले बताए । सुरक्षा संवेदनशीलताका कारण नाम सार्वजनिक नगर्न आग्रह गरेका ती नेताका अनुसार उक्त क्षेत्रका बासिन्दाहरू लामो समयदेखि सशस्त्र समूहको धम्की र त्रासमा बाँचिरहेका छन् ।

उनले स्थानीय अवस्था वर्णन गर्दै मानिसहरू ‘एउटा आँखा खोलेर र अर्को बन्द गरेर सुत्न बाध्य’ भएको बताए । स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका भिडियोहरूमा विशाल पाम बगानभित्र छरिएका र रगतले लतपतिएका शवहरू देखिएका छन् ।

भिडियोमा कम्तीमा नौ शव खुलेआम खेतभित्र फालिएको अवस्थामा देखाइएको थियो । होन्डुरसका सुरक्षामन्त्री गर्जोन भेलास्केजले पत्रकारहरूसँग कुरा गर्दै घटनास्थलको दृश्यलाई अत्यन्तै भयावह र नरकजस्तै अवस्था भएको संज्ञा दिनुभयो । उहाँका अनुसार धेरै व्यक्तिलाई उच्च क्षमताका हतियार, सम्भवतः राइफल र सटगन प्रयोग गरेर हत्या गरिएको देखिन्छ ।

पछि अभियोजक कार्यालयकी प्रवक्ता युरी मोराले स्थानीय टेलिभिजनसँग कुरा गर्दै अनुसन्धान टोलीहरूले एउटा क्षेत्रमा १३ शव र अर्को क्षेत्रमा थप छ शव फेला पारेको जानकारी दिनुभयो । सुरक्षामन्त्री भेलास्केजले बाजो अगुआन क्षेत्र धेरै वर्षदेखि लागुऔषध तस्करी, पाम तेल कारोबार र सशस्त्र समूहको प्रभावका कारण हिंसात्मक द्वन्द्वमा फसेको बताउनुभयो । उहाँका अनुसार घटनाको स्पष्ट कारण अझै नखुले पनि यसको सम्बन्ध आपराधिक सञ्जालसँग जोडिएको देखिन्छ ।

पछि अभियोजक कार्यालयकी प्रवक्ता युरी मोराले स्थानीय टेलिभिजनसँग कुरा गर्दै अनुसन्धान टोलीहरूले एउटा क्षेत्रमा १३ शव र अर्को क्षेत्रमा थप छ शव फेला पारेको जानकारी दिनुभयो । सुरक्षामन्त्री भेलास्केजले बाजो अगुआन क्षेत्र धेरै वर्षदेखि लागुऔषध तस्करी, पाम तेल कारोबार र सशस्त्र समूहको प्रभावका कारण हिंसात्मक द्वन्द्वमा फसेको बताउनुभयो ।

उहाँका अनुसार घटनाको स्पष्ट कारण अझै नखुले पनि यसको सम्बन्ध आपराधिक सञ्जालसँग जोडिएको देखिन्छ । नजिकैको ट्रुजिलो क्षेत्रका प्रहरी प्रमुख कार्लोस रोजासले स्थानीय सञ्चारमाध्यमलाई विभिन्न गिरोहहरूले ठूला अफ्रिकी पाम बगानहरू कब्जा गरी अवैध रूपमा सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार त्यही बालीबाट प्राप्त आम्दानी प्रयोग गरेर सशस्त्र समूहहरूले हतियार खरिद गर्ने गरेका छन् ।

यद्यपि स्थानीय किसान सङ्गठनहरूले भने अन्तर्राष्ट्रिय कृषि व्यवसाय कम्पनीहरूलाई समेत दोष दिएका छन् । ती समूहहरूले बहुराष्ट्रिय कृषि निगमहरूले आपराधिक समूहलाई संरक्षण दिएको र स्थानीय बासिन्दालाई विवादित जमिन पुनः प्राप्त गर्न नदिएको आरोप लगाएका छन् ।

यसबीच एक वरिष्ठ सरकारी अनुसन्धान अधिकारीले नाम नखुलाउने सर्तमा घटनालाई केवल भूमि विवादका रूपमा व्याख्या गर्न नमिल्ने बताए । उनका अनुसार यो नरसंहार प्रत्यक्ष रूपमा लागुऔषध तस्करीसँग सम्बन्धित रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।