३१ श्रावण २०८३, आईतवार
,
Latest
बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता भारतको उत्तराखण्डमा निर्माणाधीन सुरुङ भत्किँदा सात जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यातायात क्षेत्रमा प्रविधि, अनुशासन र पूर्वाधार सुधार अनिवार्यः अध्यक्ष सिटौला



अ+ अ-

काठमाडाैँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले सार्वजनिक यातायात क्षेत्रको सुधारका लागि प्रविधिको प्रयोग र व्यावसायिक अनुशासन अबको अनिवार्य आवश्यकता भएको बताएका छन् ।

सडक र सवारी लक्षित मनसुनजन्य विपद् न्युनिकरण अभियान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई आधुनिक र मर्यादित बनाउन व्यवसायीहरू पछाडि फर्कने अवस्था नरहेको स्पष्ट पारेका हुन् ।

अध्यक्ष सिटौलाले सवारी साधनहरूमा जीपीएस प्रणाली, अनलाइन टिकेटिङ र क्यासलेस भुक्तानी प्रणाली तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

दुर्घटनाको समयमा यथार्थ विवरण पत्ता लगाउन र सडकमा हुने विवाद अन्त्य गर्न पनि प्रविधि आवश्यक रहेको उनको तर्क थियो। उनले सवारी जाँचपास र रुट पर्मिट नवीकरण गर्दा जीपीएस प्रणालीलाई अनिवार्य गर्न सरकार र ट्राफिक प्रहरीलाई आग्रह समेत गरे ।

सडकमा जथाभाबी पार्किङ गर्ने र यात्रु चढाउने प्रवृत्तिले सडक व्यवस्थापनमा चुनौती थपेको भन्दै उहाँले देशभरका सवारी साधन अनिवार्य रूपमा तोकिएका बसपार्कबाटै सञ्चालन हुनुपर्ने बताए । काठमाडौँको गोंगबुस्थित नयाँ बसपार्कका साथै पोखरा, इटहरी, बुटवल, धनगढी लगायतका सहरमा बनेका बसपार्कहरूलाई पूर्ण उपयोगमा ल्याउनुपर्ने उनको भनाइ छ ।

राजमार्गमा सञ्चालित होटलहरूले यात्रुलाई अस्वस्थकर खाना खुवाउने र चर्को शुल्क लिने गरेकोप्रति अध्यक्ष सिटौलाले आपत्ति जनाए । होटलहरूको नियमित अनुगमन गरी गुणस्तरीय र स्वस्थकर खानाको सुनिश्चितता गर्न उहाँले सरकारको ध्यानाकर्षण गराए । चालक र सहचालकलाई होटलको कमिसनको लोभमा नफसी यात्रुको स्वास्थ्य र सुविधालाई प्राथमिकता दिन उनले निर्देशन दिए ।

उनले भने, “हामी करोडौँका गाडी खरिद गर्छौँ भने सुरक्षा र पारदर्शिताका लागि जीपीएस र डिजिटल प्रणाली राख्न कञ्जुस्याइँ गर्नु हुँदैन । यात्रुले पनि अलिकति हिँडेर बसपार्क पुग्ने बानी बसाल्नुपर्छ र सवारी साधनले पनि सडकमा यात्रु कुरेर बस्ने अवस्थाको अन्त्य हुनुपर्छ । रातभर तास खेल्ने वा मापसे गर्ने अनि बिहानै यात्रु लिएर हिँड्ने चालकका कारण दुर्घटना बढेका छन् । यस्ता चालकलाई कारबाहीका लागि सिफारिस गरिनेछ ।”

सिटौलाले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर सवारी चलाउने चालकहरूलाई महासंघले कुनैपनि हालतमा संरक्षण नगर्ने स्पष्ट पारे । यसका साथै, बजारमा भित्रिएका नक्कली पार्टपुर्जाहरूका कारण पनि दुर्घटना बढेको भन्दै उनले वर्कसपहरूको उचित मापदण्ड तोक्न र सीमा नाकाबाट भित्रिने सामग्रीको गुणस्तर जाँच गर्न सरकारसँग माग गरे ।

यातायात मजदुरहरूको सामाजिक सुरक्षा र हितका लागि महासंघले विभिन्न मजदुर संगठनहरूसँग मिलेर सरकारसँग संवाद गरिरहेको जानकारी दिँदै सिटौलाले मजदुरहरूको जीवनस्तर सुधारका लागि आफूहरू प्रतिबद्ध रहेको बताए । मौसमविद्को सूचनालाई प्राथमिकता दिएर सवारी चलाउन र विपद्को समयमा सचेत रहन पनि उहाँले सम्पूर्ण यातायातकर्मीहरूलाई आग्रह गरे ।