२ भाद्र २०८३, मंगलवार
,
Latest
स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काभा महिला भलिबल च्याम्पियनसिप आजदेखि



अ+ अ-
काठमाडौँ : आजदेखि राजधानीमा काभा महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ । प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलङ्का, बङ्गलादेश, इरान, कीर्गिस्तान, मालदिभ्स र कजाकिस्तान  सहभागी हुँदैछन् ।
प्रतियोगिताको पूर्व सन्ध्यामा हिजो आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान निरुता ठगुन्नाले नेपाली दर्शकलाई निराश हुन नदिने बताइन् । आफ्नो टोलीले उच्चस्तरीय प्रदर्शन गर्ने बताइन् ।
“टोलीमा नयाँ र पुराना खेलाडीको संयोजन रहेकाले यसपाली उपाधि जित्नेमा आशावादी छौँ”, कप्तान ठगुन्नाले भनिन् । उनको नेतृत्वमा नेपालले पहिलो पटक प्रतियोगिता खेल्दै छ ।  च्याम्पियनसिपका लागि ठगुन्नाको कप्तानीमा नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ ।
टोलीका अन्य खेलाडीहरुमा सलिना श्रेष्ठ, शान्ति तामाङ, सुमित्रा रेग्मी, सुनिता खत्री, वसन्ती साउद, अलिशा मानन्धर, उषा भण्डारी, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, मिना सुनार, प्रगति नाथ र जशना महतो तथा मुख्य प्रशिक्षकमा जगदीशप्रसाद भट्ट रहेका छन् । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा सहभागी अन्य टोलीका कप्तानहरुले आफूहरुले पनि उपाधि जित्नकै लागि सक्दो प्रयास गर्ने बताए । प्रतियोगिताको उद्घाटन खेल  आज दिउँसो नेपाल र भारतबीच हुनेछ ।