७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ



अ+ अ-

काठमाडौँ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको आज बिदाइ गरिएको छ ।

भारतमा आयोजना हुने साफ महिला च्याम्पियनसिपमा खेलाडीसहित ३१ सदस्यीय नेपाली टोलीले सहभागिता जनाउनेछ ।

उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका २३ खेलाडी, व्यवस्थापक, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षकसहितको टोली सहभागी हुनेछ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले साफ महिला च्याम्पियनसिपमा सहभागी हुन लागेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीलाई आज मन्त्रालयमा बिदाइ गर्नुभयो ।

सो अवसरमा मन्त्री पोखरेलले नेपाली महिला फुटबल टोलीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धि  प्रशंसनीय रहेको बताउनुभयो । यही जेठ ११ देखि २४ गतेसम्म भारतको गोवामा साफ महिला च्याम्पियनसिप सञ्चालन हुनेछ । रासस