७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार र पत्रकार एकअर्काका परिपूरकः अभिनेतृ मानन्धर



अ+ अ-

काठमाडौँ।  अभिनेतृ करिष्मा मानन्धरले नेपाली चलचित्र क्षेत्र र पत्रकारिता क्षेत्र एकअर्काको परिपूरक रहेको बताउनुभएको छ ।

विगत लामो समयदेखिको सहकार्यलाई स्मरण गर्दै उहाँले चलचित्र क्षेत्रलाई दर्शकसम्म पु¥याउने मुख्य माध्यम नै सञ्चार जगत भएको उल्लेख गर्नुभयो ।

अभिनेतृ मानन्धरले ‘कामना’ प्रकाशन र ब्ल्याक एन्ड ह्वाइट पत्रकारिताको सुरुवातदेखि नै चलचित्र र पत्रकारिता क्षेत्रले सँगसँगै विकासको यात्रा तय गरेको बताउनु भयो ।

पत्रकार र कलाकारको सम्बन्धलाई ‘प्रहरी र जनता’ को मित्रतासँग तुलना गर्दै उहाँले पत्रकारहरू नै चलचित्र र दर्शकबीचको सेतु भएको स्पष्ट पार्नुभयो । उहाँले कुनै पनि क्षेत्रको स्वरूप र छवि जनतामाझ कस्तो बनाउने भन्ने कुरा पत्रकारितामा निर्भर रहने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘चलचित्र क्षेत्रको उदय र पत्रकारिताको सिक्ने चरण उस्तै समयमा शुरु भएको हो । यस क्रममा कलाकार र पत्रकार दुवै पक्षबाट केही त्रुटिहरू भएका हुन सक्छन्, तर हामीले सँगसँगै सिकेर यहाँसम्म आइपुगेका हौँ ।’

नेपाली चलचित्रप्रति दर्शकको चासो कायम राख्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताउनु भयो । अभिनेतृ मानन्धरले चलचित्र क्षेत्रलाई मर्यादित र व्यावसायिक बनाउन पत्रकारिता क्षेत्रको निरन्तर साथ र रचनात्मक सहयोग आवश्यक रहेकोमा समेत जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल